धादिङ – धादिङको गजुरीमा, बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको स्वकिय सचिवालयको सम्पर्क कार्यालय स्थापना गरिएको छ ।
सोमबार, एक कार्यक्रमका वीच मुख्यमन्त्री पाण्डेको सचिवालयको सम्पर्क कार्यालय स्थापना गरिएको हो । मुख्यमन्त्रीको स्वकिय सचिवालय मातहत रहनेगरी गजुरीमा सम्पर्क कार्यालय स्थापना गरिएको हो ।
उक्त कार्यालयको आजै मुख्यमन्त्री पाण्डेले रिवन काटेर उद्घाटन गर्नुभएको छ । कार्यालयको उद्घाटन गर्नुहुँदै मुख्यमन्त्री पाण्डेले अव योजना माग गर्न र गुनाशो गर्नका लागी प्रदेश सदरमुकाममा जानु नपर्ने बताउनु भयो । पाण्डेले बिकास निर्माणका काम , बिकाशे योजना, गुनाशो लगायतका कामहरु लिएर प्रदेश सदरमुकाम जानुपर्ने बाध्यता अन्त्यका लागी र जिल्लाबाशहिरुको सहजताको लागी सम्पर्क कार्यालय स्थापना गरिएको समेत बताउनुभयो ।
त्यस्तै उहाँले आफ्नो कार्यकालमा बिकाश निर्माण तथा अन्य योजनाहरु कार्यालयमा टिपाउनसमेत जिल्लाबाशीहरुमा आग्रह गर्नुभएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar