काठमाण्डौ – जापान हिँडेका २६ जना नेपाली मलेसियाको क्वालालम्पुर बिमानस्थलमा अलपत्र परेका छन् ।
गत मंसिर १५ गते नेपालबाट मलेसिया मालिण्डो एयरलाईन्सबाट गएका १२ जना र नेपालको हिमालयन एयरलाईन्सबाट गएका १४ जना क्वालालम्पुर बिमानस्थलमा अलपत्र परेका हुन् । अलपत्र परेका नेपाली हरुका अनुसार गत १५ गते राती मालिण्डो एयरलाईन्सबाट गएका १२ जना नेपाली जापानका लागी उडेका थिए । तर ओमिक्रोन भेरियन्टको जोखिमका कारण कुनै पनि यात्रुलाई प्रवेश नदिनु भन्दै जापान सरकारले सुचना जारी गरेको र बिमानस्थलमा पत्राचार गरेकाले क्वालालम्पुर बिमानस्थलमा रोकिएको बिमानस्थलमा कार्यरत कर्मचारीले बताएको अलपत्र परेका नेपालीहरुले बताएका छन् ।
उनिहरुका अनुसार ट्रान्जिट पोईन्ट रहेको क्वालालम्पुर बिमानस्थलले रोकेपछी उनिहरु अहिले वीचल्लीमा परेका हुन् । अहिलेसम्म उनिहरुलाई रोकिएको छ । बिमानस्थलका कर्मचारीहरुले अनौपचारिक रुपमा यस्तो बताएपनी आफुहरुलाई कुनैपनि औपचारीक जानकारी भने नगराएको उनिहरुले बताएका छन् । अध्ययनका लागी र डिपेण्डेण्ट भिषामा जापानका लागी हिँडेका उनिहरु अहिले मलेसियामै अलपत्र पर्दा उनिहरुलाई खान र बास बस्नका लागी समस्या भएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar