काठमाण्डौ – आजदेखि मौसम थप बदली भई विभिन्न स्थानमा वर्षा र हिमपातको संभावना रहेको मौसम विज्ञान विभागले जनाएको छ ।
आज दिउँसो सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी र वाग्मती प्रदेशका पहाडी भू–भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने छन् । त्यस्ते विभागले जनाए अनुसार सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी र वाग्मती प्रदेशका उच्च पहाडी र हिमाली भू -भागका केही स्थानमा मध्यमदेखि भारी हिमपातको सम्भावना रहेको छ ।
हाल नेपालको मौसममा पश्चिमी वायुसँगै आएको पश्चिमी न्यून चापीय प्रणाली र अरब सागरमा बनेको न्यून चापीय क्षेत्र तथा आसपासमा रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । मौसम बदलीका कारण पर्वतारोहण, हवाई – यातायत लगायत दैनिक जनजीवनमा असर पर्न सक्ने भन्दै विभागले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar