काठमाण्डौ – लगातारको गिरावटसँगै चौथो दिन सेयर बजार परिसूचक नेप्सेमा ५ अंक माथिको सुधार आएको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार बुधबार नेप्से सूचक ५.२८ अंकले बढ्दै २६ सय ३३ दशमलव ६५ बिन्दुमा उक्लिएको हो । गत तीन दिनयता, मौद्रिक नीतिको समीक्षा पश्चात नेप्सेमा एकसय अंक बढीले गिरावट आइसकेको थियो । तर, उक्त ओरालो यात्रालाई चिर्दै बुधबार नेप्सेमा ५ अंक माथिको सुधार आएको हो । यद्यपि, सूचक बढ्दै गर्दा आज यता कारोबार रकम भने घट्न पुगेको छ ।
५.२८ अंकले बढेको बजारमा आज जम्मा २ अर्ब ७४ करोड २० लाखका मात्र कारोबार भएको छ । जबकी गत मंगलबार १.६४ अंकले घटेको बजारमा तीन अर्ब ८ करोड ९० लाख रुपैयाँको कारोबार भएको थियो । यस दिन होटल तथा पर्यटन, जीवन÷निर्जीवन बीमा र माइक्रोफाइनान्सको उपसूचक ऋणात्मक भएका छन् भने अन्य सबै उपसूचक धनात्मक भएका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar