काठमाण्डौ – राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको एकता महाधिवेशन आजदेखी काठमाडौंमा सुरू भएको छ।
यसपटकको महाधिबेशनमा राप्रपामा अध्यक्षका लागि अध्यक्ष कमल थापा र पूर्वमहामन्त्री, सांसद राजेन्द्र लिङ्देनबीच प्रतिस्पर्धा हुने भएको छ । राप्रपामा मुख्यगरी अध्यक्ष, उपाध्यक्ष र महामन्त्रीमा थापा र लिङ्देन पक्षले उम्मेदवारी दिने तयारी गरेका छन्।
एक महिलासहित तीन जना उपाध्यक्षको व्यवस्था रहेको राप्रपामा अध्यक्ष थापा पक्षबाट उपाध्यक्षमा विक्रम पाण्डे, वुद्धिमान तामाङ, ध्रुवबहादुर प्रधान, जयन्त चन्द, रोशन कार्कीलगायत चर्चामा छन्। त्यस्तै लिङ्देन पक्षबाट भने जगत गौचन, दुर्गा श्रेष्ठ, श्याम तिमिल्सीना आकांक्षी छन्।
उता महामन्त्री पदमा थापा पक्षबाट भाष्कर भद्रा, कुन्ती शाही र भुवन पाठकको चर्चा छ। त्यस्तै गोविन्द खनिया, धवलशम्शेर राणा र रेखा थापा लिङ्देन पक्षबाट आकांक्षी छन्। राप्रपामा एक महिलासहित तीन जना महामन्त्री रहने व्यवस्था छ।
अहिलेसम्म थापा र लिङ्देन दुवै पक्षले प्यानल घोषणा भने गरिसकेका छैनन्। १९९ सदस्यीय केन्द्रीय कार्यसमितिमध्ये एक सय ४९ जनाका लागि राप्रपामा निर्वाचन हुँदैछ बाँकी भने निर्वाचित अध्यक्षबाट मनोनित हुनेछन् ।
त्यस्तै सहमहामन्त्री ७ जना, कोषाध्यक्ष, सहकोषाध्यक्ष, प्रवक्ता, सहप्रवक्ता पनि निर्वाचित अध्यक्षबाट मनोनित हुने व्यवस्था छ। आज उद्घाटन कार्यक्रम सकेर बन्द सत्र गर्ने र बिहीबार मतदान गर्ने तयारी छ। तर निर्वाचन समितिले निर्वाचनको कार्यतालिका भने अझै सार्वजनिक गरेको छैन।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar