रूपन्देही – हिमालयन बैंक लिमिटेडले लुम्बिनी प्रदेशअन्तर्गत रूपन्देहीको तिलोत्तमा नगरपालिका-५, मणिग्राम चोकमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ।
बैंकले मङ्सिर १० गते शुक्रबारबाट मणिग्राम शाखा सञ्चालनमा ल्याएको हो। बैंकले उक्त शाखाबाट ग्राहकलाई अत्याधुनिक बैकिङ सुविधाहरू उपलब्ध गराउने जनाएको छ। यससँगै बैंकको कूल शाखा संख्या ७२ र विस्तारित काउन्टर संख्या ५ पुगेको छ।
बैंकले १४६ वटा एटीएम र पाँच हजारभन्दा बढी पीओएस टर्मिनल्सबाट समेत सेवा दिइरहेको जानकारी दिएको छ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar