काठमाण्डौ – नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा दुई संस्थाको सेयर मूल्य समायोजन भएको छ ।
मंगलबार मात्रै मेगा बैंक र ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको हो । जसमध्ये मेगा बैंकको १० प्रतिशत बोनस सेयर पछिको सेयर मूल्य समायोजन भएको हो ।
समायोजन पश्चात बैंकको सेयर मूल्य प्रतिकित्ता २९२.७३ रुपैयाँ कायम भएको छ । पछिल्लो कारोबारमा संस्थाको सेयर मूल्य प्रतिकित्ता ३२२ रुपैयाँ थियो ।
त्यस्तै, ग्लोबल आईएमई लघुवित्तको २८ प्रतिशत बोनस सेयर पछि सेयर मूल्य समायोजन भएको छ । समायोजन पश्चात संस्थाको सेयर मूल्य प्रतिकित्ता १६९९.३० रुपैयाँ कायम भएको छ । पछिल्लो कारोबारमा संस्थाको सेयर प्रतिकित्ता २१७५.१० रुपैयाँमा कारोबार भएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar