काठमाण्डौ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को एकता महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ ।
तीन पूर्वपञ्चहरुको पार्टी मिलेर राप्रपा बनेपछि पहिलोपटक हुन लागेकोले यो महाधिवेशनलाई राप्रपाले एकताको महाधिवेशन भनेको छ । महाधिवेनशको उद्घाटन समारोह आज दिउँसो काठमाडौंको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा हुने राप्रपाले जनाएको छ ।
महाधिवेशनमा अध्यक्ष पदका लागि अहिलेका अध्यक्ष कमल थापा र महामन्त्री राजेन्द्र लिङ्देन प्रतिस्पर्धामा उत्रने भएका छन् । राप्रपाका अरू अध्यक्षहरू पशुपतिशम्शेर राणा र प्रकाशचन्द्र लोहनीले यसपटक अध्यक्षमा प्रतिस्पर्धा नगर्ने बताएका छन् । राणाले सर्वसम्मत नेतृत्व चयन गर्न अपिल गरेपनि उनको खेमाका अधिकांश नेताहरु कमल थापाको प्यानलमा देखिएका छन् ।
यसैगरी नयाँ पुस्तालाई नेतृत्वमा ल्याउनुपर्ने जोड दिन दिएका लोहनीको समर्थन भने यसपटक लिङ्देनले पाएका छन्। राप्रपाले पहिलोपटक प्रदेश सभा क्षेत्रहरूबाट महाधिवेशन प्रतिनिधिहरू चयन गरेर महाधिवेशन गर्न लागेको हो । महाधिवेशन मंसिर १७ गतेसम्म चल्ने बताईएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar