चितवन – नेकपा एमालेका नवनिर्वाचित महासचिव शंकर पोखरेलले मतदाताहरुलाई ओली ईतरकालाई भोट नदिनु भन्दै पर्चा बाँडिनु अनौठो नभएको प्रतिक्रिया दिएका छन् ।
पोखरेलले भीम रावल र उनी पक्षधर उम्मेदवारलाई भोट नदिनु भन्दै प्रतिनिधिहरुलाई बाँडिएको पर्चा अनौठो नभएको प्रतिक्रिया दिएका हुन् । पोखरेलले त्यो पार्टीको औपचारिक प्रस्ताव अनुसारकै भएको पनि बताए ।
महाधिवेशन स्थलमा मंगलबार विहान पत्रकारहरुसँगको कुराकानीमा उनले भने, ‘त्यो त पार्टीको औपचारिक प्रस्ताव हो, त्यो प्रस्तावलाई अन्यथा गर्ने हिसाबले प्रचार गर्ने कमरेडहरुले आफ्नो पक्षमा प्रचार गर्नु जरुरी छ, अध्यक्ष मण्डलको प्रस्ताव यो हो भन्ने कुरा त घोषित नै छ, कुनै अनौठो कुरा होइन ।’ पोखरेलले घुमाउरो पारामा ओलीकै निर्देशनमा उक्त कार्य भएकोसमेत स्विकार गरेका छन् ।
भीम रावल र उनी पक्षधर उम्मेदवारलाई भोट नदिनु भन्दै प्रतिनिधिहरुलाई पर्चा बाँड्ने कार्य पार्टीको औपचारिक प्रस्ताव भएकोसमेत उनले बताएका छन् । ‘त्यो त पार्टीको औपचारिक प्रस्ताव हो, त्यो प्रस्तावलाई अन्यथा गर्ने हिसाबले प्रचार गर्ने कमरेडहरुले आफ्नो पक्षमा प्रचार गर्नु जरुरी छ, पोखलेलले दोहार्याए ।
उता अध्यक्षका प्रत्यासी भीम रावलले भने आफूलाई भोट नदिनु भन्दै पर्चा बाँडिएकोमा विरोध गर्दै आएका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar