टोकियो – कोभिड – १९ को नयाँ भेरिएन्ट विश्वभर फैलन थालेसँगै जापानले सोमबारदेखि लागू हुने गरी सबै विदेशी उडानहरुलाई अनिश्चितकालको लागि प्रतिबन्ध लगाउने घोषणा गरेको छ ।
प्रतिबन्धको घोषणा गर्दै प्रधामन्त्री फुमियो किसिदाले भने, ‘खराब अवस्था आउन नदिन हामीले आपतकालिन निर्णय गरेका छौं ।’ एक महिना पहिले जापानले विद्यार्थी, कामदार र पर्यटकको लागि खुला गर्ने निर्णय गरेको थियो । दक्षिण अफ्रिकाबाट फैलिएको कोरोनाको नयाँ भेरिएन्ट ‘ओमाइक्रोन’ फैलन थालेपछि जापानले यस्तो निर्णय लिएको हो ।
प्रधानमन्त्री किसिदाले नयाँ भेरिएन्टबारे थप जानकारी नआइञ्जेल मास्क लगाउने र सामाजिक दूरी कायम गर्नेजस्ता मापदण्डलाई कडाइसँग पालना गर्न आग्रह गरेका छन् ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Resham Tamang 9841266912
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar