चितवन – नेकपा एमालेभित्रको १० बुँदे पक्षधर भनेर चिनिएका नेताहरुमध्ये ५ जना अध्यक्ष केपी ओलीको पदाधिकारी सूचीमा परेका छन् ।
आज बिहान ओली बन्दसत्रमा प्रस्तुत गरेको नाममध्ये उपाध्यक्षमा ३ र सचिवमा दुई जनाको नाम समेटिएको हो ।
जसअनुसार उपाध्यक्षमा अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे उपाध्यक्षको सूचीमा अटाएका छन् भने सचिवमा योगेश भट्टराई गोकर्ण विष्ट अटाएका छन् ।
तर १० बुँदे पक्षधर नै रहेका घनश्याम भुसाल ओलीको प्रस्तावित पदाधिकारी सूचीबाट आउट भएका छन् । उनले उपाध्यक्षमा दावी गर्दै आएका थिए भने ओली सो पद दिन राजी नभएका हुन् । ओली प्रस्ताव गरेको उपाध्यक्षमध्ये दुई उपाध्यक्ष शाक्य र ज्ञवाली नवौँ महाधिवेशनमा पनि उपाध्यक्ष रहेका थिए ।
यस्तै भट्टराई र विष्टपनि नवौँ महाधिवेशनबाट निर्वाचित सचिव हुन् । यता, १० बुँदे पक्षधर नै रहेका भीम रावलले अध्यक्षमा उम्मेदवारी दिने भएका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar