चितवन – आइतबार बिहान ८:३० बाट सुरु हुने भनिएको एमाले महाधिवेशनअन्तर्गतको दोस्रो दिनको बन्दसत्र अझै सुरु हुन सकेको छैन ।
केन्द्रीय पदाधिकारी टुङ्ग्याउन सकस भएपछि बन्दसत्र सुरु हुन नसकेको हो । पदाधिकारीसँगै केन्द्रीय सदस्यहरू पनि टुङ्ग्याउने जिम्मा पाएका अध्यक्ष ओलीले अहिले पनि आफ्नो ‘कोर टीम’सँग छलफल गरिरहेका छन् । बन्दसत्रस्थल सेभेन स्टार होटलबाट करिब ३ किलोमिटर टाढा रहेको पार्क सफारी होटलमा ओलीले आफ्नो कोर टीमका नेताहरूसँग बन्दसत्रमा प्रस्तुत गर्ने पदाधिकारीहरूको नाम टुङ्ग्याइरहेको नेताहरुले बताएका छन् ।
छलफलमा ओलीसँगै ईश्वर पोखरेल, विष्णु पौडेल, प्रदीप ज्ञवाली, विष्णु रिमाल, शंकर पोखरेललगायत नेताहरू छन् । बिहान १० बजे नै बन्दसत्रस्थल छिरिसकेका २ हजार बढी प्रतिनिधि अहिले बाहिरिएका छन् । उनीहरूमध्ये कतिपयले अझै बन्द सत्र सुरु हुन नसकेकोमा आक्रोशसमेत पोखेका छन् ।
अध्यक्षको दाबी गरिरहेका उपाध्यक्ष भीम रावल बन्दसत्र पुगिसकेका छन् । उनलाई ओलीले भेट्न चाहेको तर रावलले अस्वीकार गरिरहेको स्रोतले जनाएको छ । यसअघि ओलीले एमालेमा रहेका पूर्वमाओवादी नेताहरूसँग छलफल गरेका थिए । जसमा ओलीले पूर्वमाओवादी खेमालाई २ पदाधिकारीसहित ४० केन्द्रीय सदस्य दिने संकेत गरेको एक नेताले बताए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar