चितवन – नेकपा एमालेका उपाध्यक्ष भिम रावलले जारी महाधिबेशनमा संस्थागत छलफलबिना राति सात बजे बन्दसत्र बोलाएर अध्यक्ष केपी ओलीले धाँधली गर्न खोजेको
बताएका छन् ।
आईतबार साँझ ट्विटरमार्फत नेता रावलले संस्थागत छलफल नगरी राति सात बजे बैठक हुने सूचना जारी गर्नु अलोकतान्त्रिक मात्रै नभएर धाँधलीको संकेत भएको बताएका हुन् ।
दिनभरी बैठक नगरी प्रतिनिधिहरूलाई अलपत्र उल्लेख गर्दै लेखेका छन्‚ ‘दिनभरि बैठक नगरेर प्रतिनिधिहरूलाई अलपत्र बनाउने र संस्थागत छलफल नगरी राति ७ बजे बैठक हुने सूचना जारी गर्नु अलोकतान्त्रिक कार्यमात्र होइन‚ धाँधलीको संकेत पनि हो ।’
नेता रावलले यसले जनताको बहुदलीय जनवादअन्तर्गत प्रतिस्पर्धाको राजनीतिमाथि आघात पुग्ने बताए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar