सर्लाही – नेपाली कांग्रेसको वडा अधिवेशनका क्रममा प्रदेशमन्त्रीका अंगरक्षकले चलाएपछी सर्लाहीको बलरामा हंगामा मच्चिएको छ ।
कांग्रेसको वडा अधिवेशनअन्तर्गत सर्लाहीको बलरामा विवाद हुँदा प्रदेश २ का महिला बालबालिका युवा तथा खेलकुदमन्त्री वीरेन्द्र सिंहका अंगरक्षकले चलाएका हुन् । विवादका कारण बलरामा हंगामा मच्चिएपछी अहिले २ वटा वडाको अधिवेशन रोकिएको छ ।
बलरा नगरपालिका ९ अचलगढमा वडा अधिवेशनको छलफलको क्रममा प्रदेश २ का महिला बालबालिका युवा तथा खेलकुदमन्त्री वीरेन्द्र सिंह पुगेका थिए । उनले वडामा असन्तुष्टि जनाएपछि दुई पक्षबीच विवाद चुलिएको थियो । जारी विवादकै क्रममा मन्त्रीका अंगरक्षकले हवाई फायर गरेका थिए ।अहिले बलराको अवस्था तनावग्रस्त भएको प्रहरी उपरीक्षक कृष्ण प्रसाईंले बताए ।
यसअघि पनी गत शनिबार सदरमुकाम मलंगवास्थित पार्टी कार्यालयमा पनि दुई पक्षबीच विवाद हुँदा मन्त्रीका अंगरक्षकले इतर पक्षका नेता बलिराम झा र विनोद खनालमाथि पेस्तोल ताकेका थिए । जसका कारण पार्टी कार्यालय भित्रै झडप भएको थियो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar