चितवन – चितवनमा जारी नेकपा एमालेको दशौँ महाधिबेशनमा पार्टीको ३०१ केन्द्रीय सदस्यको सूची अध्यक्ष केपी शर्मा ओलीसमक्ष पेश भएको छ ।
सौराहामा जारी महाधिबेशनको बन्दशत्रमा होटल पार्क सफारीको कोठा नं.४०१ मा बसेर चार नेताले ३०१ केन्द्रीय सदस्यहरुको सूची बनाएका थिए । अध्यक्ष ओलीले आज आईतबार बिहान संगठन विभाग प्रमुख विष्णु पौडेलका साथै नेताहरु शंकर पोखरेल, पृथ्वीसुब्बा गुरुङ र प्रदीप ज्ञवालीलाई ३०१ केन्द्रीय सदस्यहरुको सूची तयार गर्न निर्देशन दिएका थिए । उनिहरुले केहिबेर अघी अध्यक्ष ओलीसमक्ष केन्द्रीय सदस्यको सूची पेश गरेका हुन् ।
हिजो शुक्रबार बन्दसत्रलमा भीम रावल र घनश्याम भुसाल लगायतका नेताहरुको विरोधका बीच पदाधिकारीसहितको कमिटीको नामावली प्रस्ताव गर्ने सर्वाधिकार अध्यक्ष ओलीलाई दिएको थियो । ओलीले विहान १० बजे बन्दसत्र राखेका थिए । तर बिवाद बढ्ने देखेपछी बन्दसत्र रोकेर छलफलमा जुटेका उनले केन्द्रीय सदस्यहरुको सूची बनाउने जिम्मा चार नेतालाई दिएका थिए ।
ओली निकटका ति चार नेताले पार्क सफारी होटलको कोठा नम्बर ४०१ मा बसेर केन्द्रीय सदस्यहरुको सूची बनाएका हुन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar