भोजपुर – भोजपुरमा ८० बर्ष आयु भएको निर्माणाधिन भूकम्प प्रतिरोधी पुल भाँचिएको छ ।
स्विस सरकारको सहयोगमा, भोजपुरको रामप्रसादराई गाउँपालिका र हतुवागढी गाउँपालिकालाई जोड्ने कावा खोलामाथि करिब ५ करोड रुपैयाँको लागतमा निर्माण भइरहेको पक्कीपुल आज आईतबार भाँचिएको हो ।
भोजपुर – मानेभज्याङ – रानीबास – घोडेटार सडकखण्डअन्तर्गत पर्ने सो पुल १२ फागुन २०७६ मा शिलान्यास गरिएको थियो । पुल ढलानपछि टेकाले थाम्न नसकेर भाँचिएको बताईएको छ। असार २०७७ सम्ममा नै बनाइसक्ने गरी बनाउन शुरु गरिएको पुल ४५ मिटर लामो, ६ मिटर चौडाइको थियो । पुल बनेपछि भोजपुर सदरमुकामबाट दक्षिण हुँदै तराईका जिल्लामा सहज पहुँच बन्ने छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar