चितवन – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको जारी महाधिबेशनमा अध्यक्षका आकांक्षी भीम रावललाई कमजोर पारी पदाधिकारी र केन्द्रीय सदस्य अनुमोदन गर्ने तयारी गरेका छन् ।
जारी महाधिबेशनमा अध्यक्षका आकांक्षी भीम रावललाई कमजोर पार्न हलमा हात उठाउन लगाएर मत परीक्षणको विधि अपनाइने ओलीले तयारी गरेका हुन् । अध्यक्ष पदमा रावलले दावी नछाडेपछी मतदान गराउनुभन्दा हात उठाउने विधिबाट समेत मत परीक्षण हुने भएकाले हलमै खुलारूपमै रावल पक्षको मत परीक्षण गरिने अध्यक्ष केपी शर्मा ओलीले योजना बनाएको ओलीनिकट स्रोतले जानकारी दिएको छ ।
उक्त बिधी अपनाए रावलको पक्षमा हात नउठ्ने अनुमान लगाईएको छ । हलमा रावलको पक्षमा कमजोर मत देखाएर अध्यक्ष ओलीले प्रस्ताव गरेका पदाधिकारी र केन्द्रीय सदस्यलाई अनुमोदन गराइने भएको छ । त्यस्तै शनिवारको बन्दसत्रबाट पदाधिकारी र सदस्यको नाम प्रस्ताव गर्ने अधिकार पनि अध्यक्ष ओलीलाई नै दिइएको छ । तर यसमा भने भीम रावलले कडा आपत्ति जनाएका छन् ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Resham Tamang 9841266912
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar