काठमाण्डौ – नेपाल राष्ट्र बैंकका अनुसार बुधबारको विदेशी मुद्राको विनिमयदर अमेरिकी डलर एकको खरिददर अधिकतम ११८ रुपैयाँ ७८ पैसा र विक्रीदर ११९ रुपैयाँ ३८ पैसा पुगेको छ ।
यस्तै, युरोपियन युरो एकको खरिददर १३३ रुपैयाँ ७० पैसा र विक्रीदर १३४ रुपैयाँ ३७ पैसा रहेको छ भने यूके पाउन्ड स्टलिङ एकको खरिददर १५८ रुपैयाँ ८२ पैसा र विक्रीदर १५९ रुपैयाँ ६२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
यता, जापानी यन आज १० को खरिददर नेपाली १० रुपैयाँ ३४ पैसा र विक्रीदर १० रुपैयाँ ३९ पैसा रहेको छ भने चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ६० पैसा र विक्रीदर १८ रुपैयाँ ६९ पैसा रहेको बैंकले जनाएको छ ।
यता साउदी अरेबियन रियाल आज एकको खरिददर ३१ रुपैयाँ ६६ पैसा र विक्रीदर ३१ रुपैयाँ ८२ पैसा रहेकोमा कतारी रियाल आज एकको खरिदर अधिकतम ३२ रुपैयाँ ६२ पैसा र विक्रीदर ३२ रुपैयाँ ७८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar