काठमाण्डौ – उच्च शिक्षामा अस्ट्रेलिया र जापान जान चाहने विद्यार्थीलाई प्रवेशाज्ञा भीसा दिएको छ ।
कोरोनाका कारण बन्द रहेको वैदेशिक गन्तव्य खुला हुने भएको हो । यहिले यी दुवै मुलुक उच्चशिक्षाका लागि विदेशिन चाहने नेपाली विद्यार्थीका लागि आकर्षक गन्तव्य हुन् ।
अस्ट्रेलिया सरकारले डिसेम्बर १ तारिखदेखि लागू हुनेगरी विद्यार्थीलगायत अन्य वर्गका यात्रुका लागि आवागमन खुला गर्ने निर्णय गरेको नेपाल शैक्षिक परामर्श सङ्घ इक्यानका अध्यक्ष प्रकाश पाण्डेले जानकारी दिए । पछिल्लो समय अस्ट्रेलिया र जापान पढ्न जाने विद्यार्थीको संख्या बढेको छ ।
जापान सरकारले पनि नोभेम्बर ८ तारिखदेखि लागू हुनेगरी विदेशीका लागि पर्यटक भीसाबाहेक अन्यका लागि बोर्डर खुला गरिसकेको छ । दुवै सरकारको निर्णयले नेपाली विद्यार्थीलाई ठूलो राहत मिल्ने मङ्गलबार पत्रकार सम्मेलन गरेर पाण्डेले बताए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar