काठमाण्डौ – नेपाल प्रहरीका १३ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) प्रहरी नायव उपरीक्षक (डिएसपी) मा बढुवाका लागि सिफारिस भएका छन्।
शनिबार राति प्रहरी प्रधान कार्यालय बढुवा समिति सचिवालयले १३ जना इन्सपेक्टरलाई डीएसपीमा बढुवाका लागि सिफारिस गरेको हो । बढुवा समितिका सदस्य सचिव एआईजी विश्वराज पोखरेलका अनुसार एक नम्बरमा अनिशकुमार कर्ण (साइबर ब्यूरो) सिफारिस भएका छन् । जेसी साह (केन्द्रीय विपद् व्यवस्थापन), विजय यादव (जिप्रका धनुषा), केशवकुमार शाह (विशेष ब्यूरो), मनोजकुमार शाही (ट्राफिक तनहुँ), लोकबहादुर गुरुङ (ललितपुर परिसर), नवीनकुमार अधिकारी (सुरक्षा सेवा व्यवस्थापन निर्देशनालय) रहेका छन् ।
त्यस्तै श्यामबहादुर साउद (सुप प्रदेश प्रहरी कार्यालय), ऐनबहादुर मल्ल ठकुरी (अपराध अनुसन्धान विभाग), राजकुमार शाही (बालाजु वृत्त), राजेश कार्की (सशस्त्र प्रहरी गुल्म, काभ्रे), परशुराम मल्ल (आन्तरिक लेखा परीक्षक उपशाखा), भरतबहादुर शाह (प्रहरी प्रशिक्षण प्रतिष्ठान) रहेका छन् ।
को-को बढुवा सिफारिस भए , हेर्नुहोस् !
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar