काठमाण्डौ – नेकपा एमालेको आशन्न १०औंँ महाधिवेशन आगामी मंसिर १० गतेदेखि १२ गतेसम्म चितवनमा हुँदैछ । महाधिवेशनको उद्घाटन नारायणगढस्थित् नारायणी नदी किनारमा र बन्दसत्र सौराहामा हुँदैछ ।
महाधिवेशन प्रतिनिधिका रुपमा १९ सय ९९ सहभागी हुँदैछन् । केन्द्रीय कमिटी, आयोग सहितका २ हजार जना प्रतिनिधि सहभागी हुने निश्चित भइसकेको महाधिवेशन मुल व्यवस्थापन समितिका सह–संयोजक सुरेन्द्र पाण्डेले बताए । महाधिवेनका लागि तीव्र तयारी भइरहेको उनको भनाइ छ ।
२ दिन समय तोकिएको उक्त महाधिबेशनमा १७ हजार क्वीन्टलसम्म मासु खपत हुने सौराहाका व्यवसायीको अनुमान छ । अहिले दैनिक ३ हजार क्वीन्टलसम्म मासु खपत हुने गरेको सौराहामा अहिले तोकिएको समयमा सकिय महाधिवेशनको समयमा मात्र १७ हजार क्वीन्टलसम्म खपत हुने अनुमान व्यवसायीको छ । त्यसबाहेक मदिरा तथा पेय पदार्थमा कति खर्च हुन्छ, त्यो ठ्याक्कै अनुमान गर्न नसकिने व्यबसायीको भनाई छ । तर, जाडो याम पनि सुरु भएकाले महाधिवेशन क्रममा एक करोड रूपैयाँभन्दा बढीको मदिरा बिक्री हुने अनुमान व्यापारीहरूले गरेका छन् ।
उता एमाले महाधिवशेनमा कति खर्च हुँदैछ भन्ने अहिलेसम्म खुलाइएको छैन । तर, एमालेको महधिवेशनको तीव्र तयारी भइरहँदा खर्चको बारेमा आमरुपमा कौतुलहता बढ्दै गएको छ । एमाले महाधिवेशनको खर्चका लागि चन्दा नउठाउने बताएपनि पार्टी सदस्यबाट स्वतः स्फूर्त सहयोग भन्दै एमालेले १०० रुपैयाँ संकलन अभियान चलाएको छ ।
एमाले सचिव योगेश भट्टराईका अनुसार महाधिवेशनको खर्चको लागि सार्वजनिक रुपमा चन्दा आह्वान गरिएको छैन । केन्द्रको अनुमति बेगर स्थानीय रुपमा पनि चन्दा संकलन नगरिएको उनको दावी छ । सदस्यता नवीकरण, पार्टी सदस्यबाट उठाइएको लेबी र प्रतिनिधिबाट संकलित रकम नै महाधिवशेनमा खर्च गरिने एमालेले जनाएको छ । पार्टीले केन्द्रीय सदस्य तथा केन्द्रीय निकायमा स्वतः हुने प्रतिनिधिबाट ३ हजार र निर्वाचन प्रतिनिधिबाट २ हजार उठाउने गरेको छ ।
यस्तै, झण्डै साढे ७ लाख संगठित सदस्यबाट एमालेले नियमित लेबी संकलन गर्दै आएको छ । आर्थिक व्यवस्थामा एमालेलाई मजबुत पार्टीको रुपमा लिने गरिन्छ । महाधिवेशनको खर्च अनुमान अहिले गरिनसकेको उनको भनाइ छ ।
तर, बाहिर चर्चा गरिएअनुसार एमालेले महाधिवेशनमा २० करोड बढी खर्च गर्दैछ । प्रतिनिधि र पाहुनासहित ४ हजारभन्दा बढीका लागि बस्नका लागि होटलमा कोठा दुई दिनका लागि बुकिङ र खाना नास्ताको समेत व्यवस्था गरिएकोले खर्च बढेको हो । सचिव तामाङका अनुसार प्रतिनिधि र पार्टी सदस्यबाट उठाएको लेबीमात्र महाधिवशेन खर्च टार्दैन । सोही कारण पार्टी सदस्यबाट स्वतः स्र्फूत १०० रुपैयाँ उठाउने अभियान चलाइएको हो ।
तर, अहिलेसम्म १०० रुपैयाँँ संकलन अभियानबाट कति रकम जम्मा भयो त्यो भने खुलाइएको छैन । एमालेले करिब साढे सात लाख आफ्नो सदस्य रहेको दावी गर्दै आएको छ । सोअनुरुप १०० रुपैयाँ संकलन अभियानबाट कम्तिमा पनि सात करोड ५० लाख उठ्ने अनमान एमालेले गरेको छ । यस्तै एक जना सदस्यले १०० देखि एक हजारसम्म पनि पार्टीलाई सहयोग गरेको छ । यसैगरी करिब दुई हजार प्रतिनिधिबाट दुई हजारका दरले ४० लाख रुपैया संकलन गर्ने योजनामा एमाले रहेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar