काठमाण्डौ – नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’बीच भेटवार्ता भएको छ ।
प्रचण्ड निवास खुमलटारमा शनिबार विहान भएको भेटमा प्रचण्ड र विप्लवबीच आगामी दिनमा सहकार्य गर्ने विषयमा छलफल भएको छ । केही दिनयता माओवादी केन्द्र र विप्लव नेतृत्वको नेकपाबीच पार्टी एकताको विषयमा छलफल चल्दै आएको छ । प्रचण्ड र विप्लवबीच तत्काल सहकार्य गर्ने र छिट्टै पार्टी एकता गर्ने विषयमा छलफल भएको छ ।
माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले यसको पहल गर्दै आएका छन् । शनिबार बिहान पनि महराले नै विप्लवलाई प्रचण्ड निवास खुमलटार लगेर गएको स्रोतले बतायो ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Resham Tamang 9841266912
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar