चितवन । नेकपा (एमाले) को १०औँ राष्ट्रिय महाधिवेशनमा चितवनकै जनता नआउने चालपाएपछी घरघरमा निमन्त्रणापत्र पठाइएको छ ।
आगामी मंसिर १० गतेबाट चितवनमा सुरुहुने महाधिबेशनमा आंकलन गरेअनुसार महाधिवेशनस्थलमा चितवनकै जनता नआउने चालपाएपछी को प्रचारप्रसार गर्न भन्दै घरघरमा निमन्त्रणापत्र पठाइएको हो । महाधिबेशनमा एमालेले ५ लाख मान्छे जम्मा पार्ने बताएको छ त्यसको लागी चितवनबाटै २ लाख मान्छे जम्मा गर्न पार्टी अध्यक्ष केपी शर्मा ओलीले चितवन एमालेलाई निर्देशन नै दिएका छन् । तर पार्टीका कार्यकर्ताले नै महाधिबेशनमा आउने चाहना नदेखाएपछी जिल्ला स्तरका नेता तथा अगुवा कार्यकर्ताहरु अहिले कार्यकर्ताका घरघरमा जान थालेका हुन् ।
उनिहरुले महाधिबेशनको प्रचारप्रसार गर्न भन्दै स्थानियको घरघरमा पुग्न थालेका छन् । पार्टीको जिल्ला कमिटीले पनि पार्टी फुटेपछी एमालेप्रति जनताको बितृष्ण बढेको भन्दै महाधिबेशनमा भनेजति मान्छे आउनेमा शंका ब्यक्त गरेको छ । सोहि कारण पछिल्लो समय चितवन काँग्रेस अहिले महाधिबेशनको प्रचारप्रसार गर्न भन्दै स्थानियको घरघरमा पुग्ने गरेको हो ।
एमाले चितवन श्रोतका अनुसार एमालेले जिल्लाभरका प्रत्येक घरमा पु¥याउने गरी निमन्त्रणापत्र पठाईसकेको छ । महाधिवेशन प्रचारप्रसार सहयोग समितिका संयोजक विजय सुवेदीका अनुसार एमालेले एक लाख ५० हजार प्रति निमन्त्रणापत्र तयार पारेर जिल्लाका ९८ वटै वडामा पठाइसकेको छ । थप माग भएमा फेरी पठाउने तयारी गरिएको उनले जनाए । वडा कमिटीहरूले भेला र बैठक गरेर निमन्त्रणापत्र वितरण सुरु गरिसकेको उनको भनाई छ ।
सुवेदीले भने, “पालिका, वडा र टोल कमिटी अहिले सक्रियरूपमा निमन्त्रणापत्र वितरण र प्रचार–प्रसारमा जुटेका छन् ।” प्रचारप्रसारका लागि स्थानीयस्तरमा अहिले विभिन्न कार्यक्रम भइरहेको सुवेदीले बताए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar