काठमाण्डौ – नेकपा मालेको तिन जिल्ला कमिटी नेकपा एकीकृत समाजवादीमा समाहित भएको छ ।
बिहिबार, नेकपा मालेको खोटाङ, तनहुँ र स्याङ्जा जिल्ला कमिटी नेकपा एकीकृत समाजवादीमा समाहित भएको हो । नेकपा एकीकृत समाजवादीले वर्तमानमा कम्युनिस्ट आन्दोलनलाई सही रूपमा अगाडि बढाउन सक्ने भन्दै नेकपा मालेको तीन जिल्ला कमिटीलाई नेकपा एकीकृत समाजवादीमा समाहित गरिएको बताईएको छ ।
पार्टी एकीकरणका लागि गत २३ कात्तिकमा जिल्लामा वार्ता टुंग्याएपछि पुराना वामपन्थी नेता तथा पूर्वसांसद कुलप्रसाद फुयाँलसहित चार नेताको राजीनामासँगै जिल्ला कमिटी एकीकरणको घोषणा गरिएको हो । नेकपा मालेका पोलिटब्यूरो सदस्य एवं प्रदेश कमिटी सचिव रहेका फुयाँलले बिहीबार प्रेस विज्ञाप्तीमार्फत एकीकृत समाजवादीमा प्रवेश गरेको जानकारी दिएका हुन् । २४ कात्तिकमा नेकपा मालेको सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएका फुयाँल केन्द्रीय सदस्यको जिम्मेवारीमा रहनेगरी एकीकृत समाजवादी रोजेको बताएका छन् ।
फुयाँलसँगै नेकपा मालेका केन्द्रीय सदस्य श्यामराज राई, कारीप्रसाद यादव र शंकर पोखरेल पनि एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । पोखरेललाई केन्द्रीय सदस्य, राईलाई केन्द्रीय परिषद् सदस्य एवं प्रदेश कमिटी सचिवालय सदस्य र यादवलाई प्रदेश कमिटी सदस्यको जिम्मेवारी दिइएको एकीकृत समाजवादी खोटाङका इन्चार्ज बबी चाम्लिङले बताए ।
नेकपा मालेको मूल नेतृत्वमा आएको वैचारिक, कार्यनीतिक अस्थिरता, २०६२र०६३ को आन्दोलनको उपलब्धिलाई टेकेर अगाडि बढ्नुपर्ने वर्तमान अवस्थामा नेतृत्वमा अन्यौलता देखिएका कारण पार्टीबाट अलग हुनुपरेको विज्ञाप्तीमा उल्लेख छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar