काठमाण्डौ – आज नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बस्दै छ।
आज (शुक्रबार) दिउँसो २ बजे नयाँबानेश्वर स्थित् अर्पण बैंक्वेटमा बस्ने गरी बैठक बोलाइएको एकीकृत समाजवादीका उपमहासचिव एवम् प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए। खतिवडाका अनुसार पार्टी कार्यालय साँघुरो रहेकाले बैठक अर्पण बैंक्वेटमा बोलाइएको हो ।
आजको स्थायी कमिटीको बैठकले कात्तिक २७ र २८ गतेका लागि तय भएको केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकका प्रस्ताव अनुमोदन गर्ने छ।
त्यस्तै बैठकले विभिन्न पार्टी परित्याग गरी एकीकृत समाजवादीमा प्रवेश गरेका तथा प्रवेश गर्ने तयारीमा रहेका नेता कार्यकर्ताहरुको जिम्मेवारी र भूमिकाबारे पनि निश्चित मापदण्ड निर्धारण गरी केन्द्रीय कमिटीमा पेस गर्ने प्रचार विभाग प्रमुख खतिवडाले जानकारी दिए।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar