धादिङ – दक्षिणी धादिङको बेनीघाट रोराङ गाँउपालिका वडा नं. २ ब्रुसवाङका चेपाङ समुदायले आफुहरुलाई बिकट र जोखिममा परेको वस्ती स्थानान्तरण गरिदिन आग्रह गरेका छन् ।
चेपाङ समुदायले बिकट र जोखिममा परेको वस्ती स्थानान्तरण गरिदिन माग गर्दै बाग्मती प्रदेशका नवनियुक्त मूख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेलाई माग पत्र बुझाँउदै यस्तो माग गरेका हुन् । उनीहरूले आफुहरु बसेको स्थान अत्यन्तै विकट रहेको र त्यो माथीपनि जोखिममा परेको वस्ती स्थानान्तरणको माग गर्दै खानेपानी, विजुली बत्ति, स्कुल तथा सडक भएको ठाँउमा छिटो भन्दा छिटो बस्ति स्थानान्तरणको माग गरेका छन् ।
वर्षौंदेखि नेताहरुले बस्ति स्थानान्तरण गरिदिने आश्वासन बाँडेका थिए । तर लामो समयसम्म पनि बस्ति स्थानान्तरण नहुँदा समस्यामा परेको भन्दै मुख्यमन्त्रीलाई माग पत्र बुझाएको चेपाङ अगुवा सोमलाल चेपाङले बताए । चेपाङका अनुसार बस्ति स्थानान्तरण नहुने हो भने प्रत्येक घर परिवारमा खानेपानी सहितको धारो, आकाशे पानी संकलन गर्न प्रत्येक घरलाई १०र१० हजार लिटरको हिल ट्यांक, १० पात १२ फुटे जस्तापाता, बाह्रै महिना पर्याप्त पोषणयुक्त खानेकुराको व्यवस्थाका लागि उत्पादन मूलक कार्यक्रम, जनता आवास कार्यक्रमबाट ३६ परिवारलाई नै घर बनाई दिनुपर्ने आफुहरुको माग रहेको छ ।
त्यस्तै बालकक्षालाई दरवन्दी बनाई कक्षा ३ सम्म पढाउने व्यवस्था गरिनुपर्ने, डोका, भकारी विक्री गर्न बाह्यै महिना यातायातका साधन सञ्चालन हुने सडक सञ्जाल निर्माण, गाँउलाई चेपाङ पर्यटक क्षेत्र बनाउन पूर्वाधार निमार्ण गर्न र ब्रुसबाङलाई चेपाङ संरक्षण क्षेत्र घोषणा गर्नुपर्ने माग पत्रमा उल्लेख छ ।
यसअघि वैकल्पिक उर्जामा आधारित लिफ्ट खानेपानी सोलार मिनी ग्रिड परियोजना तथा आयआर्जन कार्यक्रम र ब्रुसवाङ लिफ्ट खानेपानी परियोजनाको लागि आव २०७२र०७३ मा खर्च गर्ने गरी १ करोड ४० लाख विनियोजन गरिएको बजेट अन्यत्र खर्च गरेर ब्रुसवाङबासीलाई वेवास्ता गरिएको समेत माग पत्रमा लेखिएको छ ।
‘बस्ति स्थानान्तरण अपरिहार्य हो । बस्ति स्थानान्तरणको कुरा मैले नै उठाएको हो ।’ माग पत्र बुझ्दै मूख्य मन्त्री पाण्डेले भने, ‘ तँपाई ब्रुसवाङबासी र तपाइहरुको समस्यासँग चिरपरिचित नै छु । मलाई सबै कुरा थाहा छ । फुर्सदमा घनीभूत छलफल गरौंला । आफ्नो कार्यकालमा बस्ति सार्न सक्दो प्रयास गर्नेछु’ मूख्यमन्त्री पाण्डेले भने ।
यस अघि ब्रुसवाङबासीले २०७३ साल मंसिर २४ गते धादिङवेशीमा भेटेर पाण्डेलाई माग पत्र बुझाएका थिए । त्यतिबेला खानेपानी, सडक, बत्ती, स्वास्थ्य, शिक्षा जस्ता क्षेत्रमा खर्च गर्नु भन्दा सबै सेवा सुविधा भएको स्थानमा बस्ती स्थानान्तरण गर्ने सहमत भएको बुद्धिलाल चेपाङले बताए । ‘खोरियामा छरेको मकैले ६ महिना मात्र खान पुग्छ, जसोतसो जीवन धानिरहेका छौ, बस्ति सर्ने र दुःखको गह्रौं भारी बिसाउने सुरक्षित ठाउँ कहिले सर्न पाइएला’ उनले भने ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar