जाजरकोट – गएराती जाजरकोटमा ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
नलगाड नगरपालिकाको कालीमाटीबाट बारेकोट गाउँपालिकाको सेपुखोला जाँदै गरेको कर्णाली प्रदेश ०२००१ त २९४ नम्बरको ट्याक्टर नलगाड नगरपालिका ५ झुल्केडाँडामा बुधबार राती २ बजे दुर्घटना भएको हो । दुर्घटनामा परी तिन जनाको मृत्यु भएको हो । साथै एक जना घाइतेसमेत भएका छन् ।
दुर्घटनामा मृत्यु हुनेमा नलगाड नगरपालिका ७ का ३५ वर्षीय चंकलाल बिक, वडा नं. ५ का २५ वर्षीय सुरेश खत्री र ६२ वर्षीय दलबहादुर खत्री रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायव उपरीक्षक मधुकुमार थापाले जानकारी दिए । त्यस्तै नलगाड नगरपालिका ८ का १७ वर्षीय विनोद परियार घाइते भएका छन् । उनी सह चालक रहेको प्रहरीले बताएको छ ।
घाइतेको अवस्था गम्भीर रहेको डीएसपी मधुकुमार थापाले बताए । ट्याक्टर मालिक नै चंकलालले नै ट्याक्टर चलाएको प्रहरीको भनाइ छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar