नेपाल राष्ट्र बैंकले विभिन्न बैंक तथा वित्तीय संस्थाहरुलाई पुर्नकर्जाका लागि आवेदन दिन आइतबार सूचना जारी गरेको छ ।
कोरोना महामारिको प्रभावले समस्यामा परेका उद्योगी व्यवसायीलाई आवस्यक ऋण उपलब्ध गराउन वाणिज्य बैंक, विकास बैंक, वित्तीय संस्था र लुघवित्तहरुलाई पुरकर्जाकालागि आवेदन दिन केन्द्रीय बैकले सूचना जारी गरेको हो । राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले कोरोनाबाट प्रभावित भएका व्यवसायीले ५ करोड रुपैयाँसम्म पुर्नकर्जा लिन पाउने बताएका छन ।
पुर्नकर्जाको सीमाभित्र रहेर व्यवसायीले ५ करोड रुपैयाँसम्म ऋण लिन पाउने र पुनरकर्जा लिन चाहने व्यवसायीले आफुले कारोबार गरेको बैंकको शाखामा आगामी १९ मंसिरभित्र निवेदन दिनुपर्ने उनको भनाई छ । सोही सूचना अनुसार बैंक तथा वित्तीय संस्थाले १९ मंसिरसम्म आवेदन दिन सक्नेछन् । राष्ट्र बैंकका अनुसार अति प्रभावित क्षेत्र पर्यटन, हवाई तथा पर्यटकीय यातायात, मनोरञ्जन, मनोरञ्जन पार्क, रिक्रिएसन सम्बन्धि व्यवसाय, पार्टी प्यालेस, चलचित्र उत्पादन, सिनेमा हल, रोजगारी गुमेका, कुखुरापालन व्यवसाय, पशुपंन्क्षी, मौरी तथा मत्स्यपालन व्यवसाय गर्नेहरु पुनरकर्जाका लागि योग्य हुने ब्यवस्था निर्धारण गरिएको छ ।
यसैगरि, निजी तथा आवासिय विद्यालय, तयारी पोशाक, हस्तकला तथा सीपमुलक व्यवसाय, वैदेशिक रोजगार सेवा प्रदायक, यात्रुवाहक स्थल यातायातहरु पनि पुनरकर्जाका लागि योग्य हुनेछन् । वित्तीय संस्थासँगै अन्य व्यवसाय गर्नेहरुले पनि यही सूचनाका आधारमा विभिन्न बैंकहरुमा पुगेर आवेदन दिन सक्ने सूचनामा उल्लेख छ । इच्छुक ऋणीले आफुले सेवा लिँदै गरेको बैंक तथा वित्तीय संस्थाहरुबाट आवस्यक ऋणका लागि आवेदन दिन पाउने केन्द्रीय बैकले जनाएको छ ।
कोरोनाका कारणले समस्यामा परेका उद्योगी र व्यवसायीले यस्तो पुनरकर्जामा सहभागी हुँदा ५ करोड रुपैयाँसम्म पुनरकर्जा पाउने छन् । कोरोना महामारिका कारण समस्यामा परेका निजी क्षेत्रले राहत नपाए धेरै उद्योग – व्यवसाय बन्द हुने अवस्थामा पुगेको भन्दै विगत लामो समयदेखि सरकारलाई अनुरोध गर्दे आएका थिए ।
सोही कुरालाई मध्यनजर गर्दै राष्ट्र बैंकले कोरोनाबाट अति प्रभावित र मध्ये प्रभावित व्यवसायीलाई पुनरकर्जाको व्यवस्था मिलाउने नीति लिएको आकलन गरिएको छ । कोरोनाका कारण समस्यामा परेका उद्योगी/व्यवसायीले आफूले कारोबार गरेको बैंकमा पुर्नकर्जाकालागि सहजै आवेदन दिन सक्ने व्यवस्था मिलाईएको पनि राष्ट्र बैंकले जनाएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar