नुवाकोट – नुवाकोटमा तास खेलिरहेको अवस्थामा वडाध्यक्षसहित ९ जना पक्राउ परेका छन् ।
नुवाकोटको सूर्यगढी गाउँपालिका – ५ का वडाध्यक्ष भैरवबहादुर अधिकारीसहित नौ जनालाई प्रहरीले तास खेलिरहेको अवस्थामा पक्राउ गरेको हो । बिहीबार राती वडाध्यक्षसहितको टोली विदुर नगरपालिका–४ स्थित एक होटलमा तास खेलिरहेका थिए । जिल्ला प्रहरी कार्यालयबाट खटेको टोलीले उनिहरुलाई पक्राउ गरेको हो । उनिहरुको साथबाट नगद रु. ३ लाखसमेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
पक्राउ पर्नेमा विदुर – १ का कृष्ण विश्वकर्मा, विदुर – ४ का केशवप्रसाद पन्त, विदुर – ५ का नवीन चित्रकार, विदुर – ६ का मच्छिन्द्र परियार, बेलकोटगढी नपा – १० का सन्तोष त्रिपाठी, लिखु गापा – ३ का राजु पन्त, दार्चुला घर भएर हाल विदुर – ६ बस्दै आएका पदमसिंह धामी र भारतको मोतिहारी घर भएर हाल बट्टारमा बस्दै आएका ईश्वर गुप्ता रहेका छन्।
प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिले हारजित हुने गरेर खेलिरहेको तासको खालबाट १६० पत्ती ताससहित रु तीन लाख ५२ हजार नगदसमेत बरामद गरेको जनाएको छ।पक्राउ परेकालाई आवश्यक अनुसन्धानपश्चात कारबाहीका लागि जिल्ला प्रशासन कार्यालयमा जुवा ऐनमा मुद्दा दर्ता गर्ने प्रहरीले जनाएको छ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar