धादिङ – नेकपा (एमाले)को सिद्धलेक गाँउपालिका अधिवेशनमा बहालवाला वडा अध्यक्ष नै पराजित भएका छन् ।
गत मंगलबारदेखि सुरु भएको नेकपा एमालेको पालिका अधिवेशनका क्रममा सिद्धलेकमा वडा नं. ५ का अध्यक्ष टिका प्रसाद थपलिया पराजित भएका हुन् । थपलियालाई ४ नं. वडाका ब्यबसायी समेत रहेका युवा नेता केशव सिलवाल (कमल)ले पराजित गरेका हुन् ।
अधिबेशनको क्रममा सर्वसम्मत नेतृत्व चयन गर्न नसकेपछी ३ पदमा निर्वाचन भएको थियो । निर्वाचनका क्रममा युवा नेता सिलवाललले वडाध्यक्ष थपलियालाई पराजित गरेका हुन् । २०७ प्रतिनिधि सहभागी एमाले अधिबेशनमा उपाध्यक्ष पदमा सिलवालले १११ मत ल्याएर विजयी भएका थिए भने वडाध्यक्ष थपलियाले जम्मा ७७ मत पाएका थिए ।
त्यस्तै पार्टी अध्यक्षमा कमला शर्मा निर्वाचित् भएकी छन् भने सचिवमा रामहरी बराकोटी र सहसचिवमा द्धय देव बहादुर पुलामी, चेतनाथ सिलवाल निर्वाचित् भएका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar