धादिङ – धादिङको सिद्धलेक गाँउपालिकामा नेकपा एमालेभित्र दुईधार देखिएको छ । पार्टीभित्र बिगतदेखी नै केपी ओली पक्षको बाहुल्यता रहेको सिद्धलेकमा गुटभित्रको उपगुटले वडा अधिबेशन टुङ्याउनै हम्मेहम्मे परेको छ ।
पार्टीको दसौँ राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा पहिलो चरणमा गरिएको वडाअधिबेशनका क्रममा वडा कमिटी चयनको विषयलाई लिएर पार्टीभित्रै दुईधार देखिँदा वडा अधिबेशन टुङ्याउनै हम्मेहम्मे परेको हो । विशेषगरी वडा नं.२ मा सोहि विषयमा मतभेद हुँदा वडा अधिबेशन नै स्थगित भएको छ । उक्त वडामा पार्टीभित्रको युवा पुस्ता र अघिललो पुस्ताबिचको अन्तरविरोध देखिएको छ । नेत्रृत्वले जसको विवादलाई टुङ्याउन नसक्दा वडा अधिबेशन नै स्थगित भएको अगुवा कार्यकर्ताहरुले बताएका छन् ।
पार्टीभित्रको अन्तर विवादकै कारण अधिबेशनका बखत पार्टीको नेतृत्व आफुनिकटकालाई हत्याउन अहिले दुवै समुहले लचकता नदेखाँउदा सिद्धलेक वडा नं.२ मा वडा अधिबेशन नै स्थगित भएको छ । अधिबेशन अघी बाहिर नदेखिएको पार्टीभित्रको विवाद पछिल्लो समय नेतृत्व चयनकै बिषयमा स्पष्ट देखिएको हो । उक्त वडामा एउटा धारको नेतृत्व मोदनाथ सिलवाल सिलवाल ९सन्तोष०ले गरेका छन् भने अर्कोतर्फ वडा अध्यक्ष कमल गुरुङले गरेका छन्। सिलवाल राष्ट्रिय युवा संघ नेपालका स्थायी कमिटी सदस्य हुन् भने गुरुङ जननिर्वाचित वडा अध्यक्ष हुन्।
उता सिलवालले पार्टी अध्यक्षका लागी धादिङका चर्चित बिद्यार्थी नेता जीवन सिलवाललाई अघि सारेका छन् भने उनलाई अध्यक्षका प्रत्यासी सिलवाल सहित मदन सिलवाल, हरि सिलवाल लगायतका पुराना एमाले नेताहरु तथा सिंगो युवा पंक्ति र बौद्धिक पंक्तिले साथ दिएका छन्। त्यस्तै वडा अध्यक्ष कमल गुरुङले भने आफु नातेदार दिपक गुरुङलाई अध्यक्षका लागी अघि सारेका छन् । गुरुङ पक्षमा भने जनक श्रेष्ठ लगायतका नेताहरुले साथ दिएका छन् ।
त्यस्तै दुवै पक्षले भने आफुहरुले गुट उपगुट नबनाएको प्रतिक्रिया दिएका छन् । गत कार्तिक ६ गते पार्टीको नेतृत्व कस्ले लिने भन्ने विषयमा दुई जना आकांक्षी देखिएपछी सर्वसम्मत रुपमा नेतृत्व चयन गर्न आफुहरुले भुमिका मात्र खेलेको दुवै पक्षका नेताहरुले बताएका छन् ।
उता उक्त विषयमा गाँउपालिका अध्यक्ष प्रेमनाथ सिलवाल भने मौन बसेका छन् । नेतृत्व सर्वसम्मत गराउन सुझाव दिएपनि मौन बसेका गाँउपालिका अध्यक्षले सिलवालले पनि आफु निकटका जिवन सिलवाललाई नै अध्यक्ष बनाउन भित्रभित्रै भुमिका खेलेको एमाले निकट श्रोतले बताएको छ ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar