सिन्धुपाल्चोक – सिन्धुपाल्चोकमा नेकपा एमालेले, नेकपा माओवादी केन्द्रका एक कार्यकर्तालाई जबरजस्त वडा कमिटी अध्यक्षको जिम्मेवारी दिएको छ ।
शनिबार, देशव्यापी रुपमा सम्पन्न एमालेको वडा अधिबेशनका क्रममा चौतारा साँगाचोकगढी नगरपालिका वडा नमबर ४ मा माओवादी केन्द्रका एक कार्यकर्तालाई जबरजस्त वडा कमिटी अध्यक्षको जिम्मेवारी दिएको हो । एमालेका स्थानिय नेताहरले माओवादी केन्द्रका रुद्र प्रसाद सापकोटालाई छलफलका लागी भन्दै बोलाएर जबरजस्ती वडा कमिटिको अध्यक्षमा चयन गरेको समेत खुलाशा भएको छ ।
वडाध्यक्षमा चयन भएका सापकोटाले आफूलाई झुक्याएर वडाध्यक्ष घोषणा गरेको दाबी गरेका छन् । शनिबार साँझ तपाँईसंग बिकाश निर्माणसंगै बिबिध बिषयमा छलफल गर्नुपर्नेछ भन्दै एमालेका स्थानिय नेताहरुले आफुलार्य बोलाएको र ठट्यौली तरिकाले तपाँई हाम्रो पार्टी अध्यक्ष बन्नुपर्छ भन्दै आग्रह गरेको तर आफुले सम्भव छैन भन्दै घर आएको तर घरपुग्दा आफुलाई एमालेको अध्यक्ष घोषणा गरेको भन्दै सापकोटाले आज आईतबार एक प्रेश बिज्ञप्ति प्रकाशित् गरी जानकारी गराएका छन् । त्यस्तै उनले वडा कमिटिको अध्यक्ष बनाएता पनि उक्त पार्टी प्रति आफ्नो कुनै समलग्नता नभएको समेत स्पष्ट पारेका छन् ।
‘केही जिम्मेवार व्यक्तिहरुले तपाईंसँग छलफल छ भनी बोलाएर त्यहाँ मलाई वडा कमिटिको अध्यक्ष बनाएता पनि उक्त पार्टी प्रति मेरो कुनै समलग्नता छैन,’ सापकोटाले विज्ञप्तिमा भनेका छन्,‘साथै सो दलप्रति कुनै आस्था र विश्वास नरहेको र मेरो आफ्नो संगठन ने.क.पा. माओवादी केन्द्रको सदस्यता यसअघि नै नविकरण गरिसकेकोले सम्पूर्ण वडाबासीमा अवगत गराउँदै अनावश्यक भ्रममा नपर्न हार्दिक अनुरोध गर्दछु ।’ सापकोटाले विज्ञप्तिमा भनेका छन् ।
त्यस्तै उनले सामाजिक सञ्जालमा माओवादी पार्टी सदस्य नविकरण गरेको तस्विर समेत सार्वजनिक गरेका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar