काठमाण्डौ – साताको पहिलो दिन आज शेयर बजारमा अधिकांश समूहमा हरियाली छाएको छ ।
आज आइतबार शेयर बजारमा दोहोरो अंकको सुधार आएसंगै नेप्से परिसुचक २७ अंकले उकालो लागेर २५ सय ८४ पुगेको हो । राष्ट्र बैंकले ब्याजदरमा कडाई गरेसंगै गत बुधबार सुधारिए पनि बृद्धि टिक्न सकेको थिएन । तर विहीबार ओरालो लागेको नेप्से आज पुनः सुधारिएको हो ।
यस दिन पनि कारोबार भने ३ अर्ब तलै सीमित रह्यो । व्यापार बाहेक कारोबार भएका अरु सबै समूहमा हरियाली छाएको छ । त्यस्तै उत्पादनमूलक समूहमा पनि सबैभन्दा उच्च १०५ अंकको बृद्धि आएको छ । अरु पनि अधिकांश समूहमा दोहोरो अंकको सुधार आएको छ ।
यस दिन नेपाल स्टक एक्सचेन्जमा २२५ कम्पनीको ५८ लाख बढी कित्ता शेयर २ अर्ब ७७ करोडमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar