खोटाङ – ससुरालीबाट टीका लगाएर घर फर्कनेक्रममा खोटाङमा भीरबाट लडेर एकजनाको मृत्यु भएको छ ।
शुक्रबार, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ३ बाम्राङस्थित ससुराली घरमा टिका लगाएर घर फर्कनेक्रममा संखुवासभाको चैनपुर नगरपालिका ८ चैनपुरका ४९ वर्षीय लेखबहादुर राउतको भीरबाट लडेर मृत्यु भएको हो ।
राउतको बाम्राङकै नंग्रेखोलामा भीरबाट करिब ५० मिटर तल खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका डीएसपी उमेश लम्सालले बताए । मादक पदार्थ सेवन गरेका कारण राउत लडेको प्रहरी अनुमान छ ।
राउतको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल दिक्तेल पुर्याइएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar