काठमाण्डौ – प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको कोटाबाट मन्त्री बनेको आरोप लागेका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्र हमालले राजीनामा दिएका छन् ।
हमालले प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटारमा भेटेर राजीनामा बुझाएका हुन् । केहीबेरअघि हमालले मन्त्री पदबाट राजीनामा दिएर फर्किएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको कोटाबाट मन्त्री बनेको आरोप लागेपछि २२ असोजमा मन्त्री नियुक्त भएका हमालले आज तीन दिनमै राजीनामा दिएका हुन् ।
प्रधानन्यायाधीशको कोटाबाट उद्योग मन्त्री बनेका हमालद्वारा राजीनामा
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar