काठमाण्डौ – नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्ना पार्टीबाट मन्त्री बनेकाहरुलाई कार्यालयमा बोलाएका छन् ।
आज (आइतबार) विहान ११ बजे अध्यक्ष नेपालले बानेश्वरको आलोक नगरस्थित पार्टी कार्यालयम बोलाएको स्वास्थ्यमन्त्री विरोध खतिवडाले जानकारी दिए । जनपक्षीय काम गर्न निर्देशन दिनका लागि अध्यक्ष नेपालले बोलाएको उनको भनाइ छ ।
शनिबार अध्यक्ष नेपालले पार्टीबाट मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्रीलाई पनि राम्रो काम गरेर देखाउन निर्देशन दिएका थिए । त्यसमा थप निर्देशन दिन आफ्नो पार्टीबाट मन्त्री भएकालाई आइतबार बोलाएको खतिवडाले बताए ।
वर्तमान सरकारमा एकीकृत समाजवादीबाट ४ मन्त्री र एक राज्यमन्त्री सहभागी छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar