नेकपा (एकीकृत समाजवादी) बाट मन्त्री बन्नेहरुको नाम टुंगो लागेको छ।
शुक्रबार विहान बसेको एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठकले मन्त्री बन्नेहरुको नाम टुंगो लगाएको हो। बिहीबार सत्तारुढ गठबन्धनमा मन्त्रालयको भागबण्डा मिलेसँगै नेकपा एसले आफ्नो तर्फबाट सरकारमा सहभागी हुनेहरुको नाम टुंगो लगाएको हो।
नेकपा एस स्रोतका अनुसार रामकुमारी झाँक्री, विरोध खतिवडा, कृष्णकुमार श्रेष्ठ र प्रेम आलेलाई मन्त्री बनाउने तयारी छ। शहरी विकासमा विरोध खतिवडा, स्वास्थ्यमा रामकुमारी झाँक्री, पर्यटनमा प्रेम आले र श्रममा किसान श्रेष्ठलाई पठाउने बैठकले निर्णय गरेको छ।
प्रधानमन्त्री शेरबहादुर देउवाले आजै मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी छ। सरकारको गठन भएको ८९ औं दिनमा देउवाले मन्त्रीपरिषद्लाई पूर्णता दिन लागेका हुन्। यसअघि बुधबार नेकपा माओवादी केन्द्रबाट मन्त्री बन्नेहरुको नाम टुंगो लागिसकेको छ। माओवादी केन्द्रबाट शशी श्रेष्ठ, देवेन्द्र पौडेल र महेश्वर गहतराजलाई पठाउने निर्णय भएको छ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Resham Tamang 9841266912
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar