काठमाण्डौ – नेपाल वायुसेवा निगमका पूर्वअध्यक्ष रामाज्ञा चतुर्वेदीले आफ्नै घरबाट हाम्फालेर आत्महत्या गरेका छन् ।
आज बिहिबार बिहान वायुसेवाका पूर्वअध्यक्ष चतुर्वेदीले काठमाण्डौको चावहिलस्थित निर्माणाधीन घरबाट हामफालेर आत्महत्या गरेका हुन् । आज बिहान निर्माणाधीन घरबाट हाम्फाल्दा चतुर्वेदीको मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेश बस्नेतले पुष्टि गरे । एसपी बस्नेतका अनुसार सोही घरको चौंथो तलामा उनको मोवाइल फेला परेको छ । ७४ वर्षीय चतुर्वेदी बिहान ७ बजे मर्निङ्वाक गएको बेला सो घरमा गएर हाम्फालेका हुन् ।
उनी काठमाडौं महानगरपालिका–७ चावहिल स्थित बुलबुलेमा बस्दै आएका थिए । आफ्नो घरबाट केही पर रहेको निर्माणाधीन घरबाट उनि हाम्फालेका हुन् । शव पोष्टमार्टमका लागी त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ ।
तत्कालीन शाही नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्ष हुँदा गैरकानुनी सम्पती आर्ज गरी भ्रष्टाचार गरेको मुद्दामा अदालतले उनलाई दोषी ठहर गरेको थियो । सर्वोच्च अदालतले ६ करोड ९१ लाख भ्रष्टाचार गरेको ठहर गर्दै चतुर्वेदीलाई दुई वर्ष कैद सजाय हुने फैसला समेत गरेको थियो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar