धादिङ – धादिङ मलेखुका आयुष तामाङ गोपीले पनि नेकपा एमाले परित्याग गरेका छन् ।
युवा संघ नेपालका जिल्ला कमिटी सदस्य रहेका गोपीले एमाले पार्टीको कुनै जिम्मेवारीमा नरहेको भन्दै एमाले परित्याग गरेका हुन् । उनले सामाजिक संजाल मार्फत् यस्तो घोषणा गरेका हुन् ।
‘बिगत लामो समय देखि म नेपाल कम्युनिष्ट पार्टी नेकपा एमालेमा धादिङ जिल्ला युवा संघ नेपाल जिल्ला कमिटी सदस्यमा रहि काम गर्दै आए तर आज आएर म, यो पार्टीमा रहि काम गर्ने मनासय नभएको हुँदा जिल्ला कमिटी सदस्य तथा कुनै पनि पदमा नरहने गरि नेकपा एमाले पार्टी बाट राजीनामा सहित पार्टी छोड्ने घोषणा गर्दछु फोन गरेर दुख नपाउनु होला धन्यवाद ।’
यसअघी उनी नेकपा एमालेमा रहँदा केपी ओली निकटका थिए । पार्टी बिभाजनपछी उनले एमाले पार्टीनै परित्याग गरेका हुन् । यद्धपी उनी अव कुन् पार्टीमा रहने भन्नेबारे भने मुख खोलेका छैनन् । युवा संघ धादिङ जिल्ला कमिटी सदस्य रहेका उनी निर्माण व्यवसायीसमेत हुन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar