काठमाण्डौ – नेपाल राष्ट्र बैंकका अनुसार आज बिहीबार विदेशी मुद्राको विनिमय दर अमेरिकी डलर एकको खरिद दर ११९ रुपैयाँ ६७ पैसा र बिक्री दर १२० रुपैयाँ २७ पैसा रहेको छ ।
यस्तै, युरोपियन यूरो एकको खरिद दर १३८ रुपैयाँ ०८ पैसा र बिक्री दर १३८ रुपैयाँ ७७ पैसा रहेको छ भने यूके पाउन्ड स्टलिङ आज एकको खरिद दर १६२ रुपैयाँ ४० पैसा र बिक्री दर १६३ रुपैयाँ २१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । यस्तै स्वीस फ्रेङ्क आज एकको खरिद दर १२८ रुपैयाँ ७८ पैसा र बिक्री दर १२९ रुपैयाँ ४३ पैसा रहेको छ । अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ ६९ पैसा र बिक्री दर ८७ रुपैयाँ १२ पैसा रहेको छ भने आज क्यानेडियन डलर एकको खरिद दर ९४ रुपैयाँ ६९ पैसा र बिक्री दर ९५ रुपैयाँ १७ पैसा रहेको छ ।
यता जापानी यन आज १० को खरिद दर नेपाली १० रुपैयाँ ७५ पैसा र बिक्री दर १० रुपैयाँ ८० पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ५६ पैसा र बिक्री दर १८ रुपैयाँ ६६ पैसा रहेको छ । यता साउदी अरबियन रियाल आज एकको खरिद दर ३१ रुपैयाँ ९१ पैसा र बिक्री दर ३२ रुपैयाँ ०७ पैसा रहेको छ भने कतारी रियाल आज एकको खरिद दर ३२ रुपैयाँ ६४ पैसा र बिक्री दर ३२ रुपैयाँ ८० रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar