धादिङ – आगामी असोज २४ गते नेकपा एकिकृत समाजवादीकी सचिव रामकुमारी झाँक्री धादिङ आउने भएकी छिन् ।
आईतबार, यूवा संघ धादिङको बृहत क्षेत्रिय युवा भेलालाई सम्बोधन गर्न सचिव झाँक्री धादिङ आउने भएकी हुन् । आगामी असोज २४ गते आईतबारका दिन नेकपा एकिकृत समाजवादी पार्टी निकट यूवा संघ धादिङले गजुरीमा बृहत क्षेत्रिय युवा भेलाको आयोजना गरेको छ ।
उक्त भेलालाई सम्बोधन गर्न प्रमुख अतिथीको रुपमा झाँक्री धादिङ आउने यूवा संघ धादिङले जनाएको छ । बिजया दशमी, शुभ दिपावली तथा छठ पर्वको अवशरमा यूवा संघले आगामी आईतबार गजुरी ५ स्थित् गलौंदीमा शुभकामना आदानप्रदान तथा बृहत क्षेत्रिय युवा भेलाको आयोजना गरेको छ ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Resham Tamang 9841266912
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar