काठमाण्डौ – सालपा विकास बैंकलाई नेपाल राष्ट्र बैंकले संरक्षण गरेको पाइएको छ ।
आफनै निर्देशन पालना नगरेको बैंकलाई संरक्षण गर्दै राष्ट्र बैंकले बल्ल चुक्ता पूँजी बढाउन दिने भएको हो । राष्ट्र बैंकको निर्देशन अनुसार सालपा विकास बैंकले करिब ५ वर्षअघि नै न्यूनतम चुक्ता पूँजी ५० करोड रुपैयाँ पुर्याउनु पर्ने थियो । राष्ट्र बैंकले अन्य विकास बैंहरुलाई फोर्स मर्जरको दबावदेखि ब्ल्याक लिस्टमा राखेपनि सालपालाई भने छुट दिदै आइरहेको छ ।
नेपाल राष्ट्र बैंकले एकिकृत निर्देशन २०७० जारी गर्दै दुई वर्ष भित्र विकास बैंकहरुलाई पूँजी बढाउन निर्देशन दिएको थियो । उक्त निर्देशन अनुसार राष्ट्रिय स्तरका विकास बैंकले २ अर्ब ५० करोड रुपैयाँ, ४ देखि १० जिल्ले विकास बैंकहरुले १ अर्ब २० करोड रुपैयाँ र १ देखि ३ जिल्ले विकास बैंकहरुले ५० करोड रुपैयाँ न्यूनतम चुक्ता पूँजी पुर्याउनु पर्ने थियो ।
तर सालपा विकास बैंकले भने हालसम्म चुक्ता पूँजी बढाउन सकेको छैन् । हाल सालपाको चुक्ता पुँजी २ करोड ८० लाख रुपैयाँ मात्रै रहेको छ । राष्ट्र बैंकको निर्देशन अनुसार एक जिल्ले कार्य क्षेत्र बनाएको सालपाले न्यूनतम ५० करोड रुपैयाँ चुक्ता पूँजी पुर्याउनु पर्ने थियो ।
राष्ट्र बैंकको निर्देशनको अटेर गरेर बसेको सालपाले बल्ल चुक्ता पूँजी बढाउने तयारी थालेको छ । दुई करोड ८० लाख रुपैयाँबाट २ अर्ब ५० करोड रुपैयाँ चुक्ता पूँजी पुर्याएर बैंकले राष्ट्रियस्तरको विकास बैंक बन्ने योजना बनाएकाे छ । बैंकका प्रमुख कार्यकारी अधिकृत तथा कम्पनी सचिव ईश्वरमान राईले पूँजी बढाएर राष्ट्रिस्तरको विकास बैंक बनाउन लागेको जानकारी गराए ।
चुक्ता पूँजी २ अर्ब ५० करोड रुपैयाँ पुर्याएर राष्ट्रिस्तरको विकास बैंक बनाउन लागेको उनको भनाई छ । पूँजी बढाउनको लागि बैंकले संस्थापक शेयरधनीहरु समेत खोज्न थालेकाे छ। त्यस अनुसार बैंकले काठमाडौं उपत्यकामा रहेका तीन इन्भेष्टमेन्ट कम्पनी मार्फत पूँजी संकलन गरिरहेकाे छ ।
हालसम्म पनि नेप्सेमा सूचीकृत नरहेको बैंकले संस्थापक तर्फबाट पुर्याउनु पर्ने रकम संकलन भएपछि सर्वसाधारणलाई समेत प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्नेछ । सर्वसाधारणलाई समेत शेयर निष्काशन पछि बैंकले चुक्ता पूँजी २अर्ब ५० करोड रुपैयाँ पुर्याउने भएको हो ।
खोटाङ जिल्लामा मात्रै कार्यक्षेत्र बनाएको सालपा विकास बैंकले नेपाल राष्ट्र बैंकबाट अनुमति लिएर २०६९ साउन १ गतेदेखि कारोबार शुरु गरेको थियो ।
पूँजी बढाउन सालपालाई राष्ट्र बैंकको छुट
नेपाल राष्ट्र बैंकले सालपा विकास बैंकलाई पूँजी बृद्धिको लागि छुट दिएको छ ।
समयमै पूँजी पुर्याउन नसकेपनि राष्ट्र बैंकले सालपालाई हालसम्म कारबाही नगरी बल्ल पूँजी बृद्धिको बाटो खुलाएको छ । पूँजी कम भएकोले हालसम्म सालपा विकास बैंकलाई कारबाही नगरेको राष्ट्र बैंकले जनाएको छ । गत आर्थिक वर्षको वित्तीय विवरण राष्ट्र बैंकमा पेश गरेको सालपाले पूँजी वृद्धिको योजना समेत अघि सारेको राष्ट्र बैंकले जनाएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar