काठमाण्डौ – नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको महासचिवमा उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुन चयन भएका छन्।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनार्दन शर्मा निकट पञ्चा सिंहलाई अध्यक्ष बनाएपछि पार्टीको सन्तुलन मिलाउन बर्षमान पुननिकटका दिपेशलाई महासचिवमा सर्वसम्मत चयन गराएका हुन्।
उपराष्ट्रपतिका छोरा दिपेश यसअघी अखिल क्रान्तिकारीका उपाध्यक्ष थिए। आगामी कार्यकालको नेतृत्व सम्हाल्ने योजनासहित दिपेशलाई महासचिवमा सर्वसम्मत गरिएको अखिल क्रान्तिकारी निकट श्रोतले बताएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar