धादिङ – नेपाली काङ्ग्रेस निलकण्ठ नगरपालिकाको नगर सभापतिमा भीम ढुंगाना प्यानलबाट शम्भुराज सिंह ठकुरी बिजयी भएका छन।
आइतबार नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको सन्दर्भमा भएको निर्बाचनमा रामनाथ अधिकारी समुहबाट प्रतिद्वन्दी ध्रुव रिजाललाई हराउदै ढुंगाना प्यानलबाट ठकुरी बिजयी भएका हुन । प्यानलवाईज रुपमा चुनावी मैदानमा होमिएका ठकुरीले २५४ मत ल्याए भने रिजालले २२० मत ल्याएका थिए ।
त्यस्तै उपसभापतिमा ठकुरी प्यानलका चित्रकुमारी भण्डारी र शम्भुमल्ल ठकुरी विजयी भएका छन् । सचिवमा रिजाल प्यानलबाट इश्वर अर्याल र राम आले मगर विजयी भएका छन् । सहसचिवमा ठकुरी प्यानलका तुलसी तिमल्सिना र देवकी आचार्य विजयी भएका छन् । त्यस्तै सदस्यहरु भने दुबै समुहका बराबरीमा सर्वसम्मत छानिएका छन् ।
काँग्रेस अधिबेशनका क्रममा केन्द्रमा देखिएको गुटको प्रभाव नीलकण्ठ नगरपालिकामा प्रत्यक्ष देखिएको छ । गत असोज ९ गते निर्वाचन आचारसंहिता मिच्दै मतदान गर्न थालेको भन्दै नीलकण्ठमा जिल्ला स्तरका नेताहरुले नै मतदान स्थगित गरेका थिए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar