काठमाण्डौ – नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी)को सम्मेलन जारी छ । तर अध्यक्ष चयन गर्ने जिम्मेवारी भने पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिइएको छ ।
पेरिसडाँडामा बसेको पार्टीको स्थायी कमिटीको बैठकले अध्यक्ष प्रचण्डलाई अनेरास्वविय (क्रान्तिकारी) को अध्यक्ष चयन गर्ने जिम्मा प्रदान गरेको हो । ‘विद्यार्थीको राष्ट्रिय सम्मेलन चलिरहेको छ । त्यसको नेतृत्व चयनको विषय थियो । त्यसमा हामीले सम्भावित सबै पात्रहरु अहिलेको उपाध्यक्षदेखि हट्नेसम्मका सबैबारे छलफल गरियो । सबै पात्रहरु समान हैसियतका छन्, समान क्षमता राख्छन’, उनले भने, ‘ती मध्येमा छनौट गर्ने जिम्मेवारी अध्यक्ष कमरेडलाई दिइएको छ ।’
आफूलाई लोकतन्त्रवादी ठान्ने पार्टीले लोकतान्त्रिक पद्धती भने अपनाएको देखिँदैन । कुनै प्रतिस्पर्धा नभएर अब आफू पक्षीयलाई नै अध्यक्ष छान्न सक्ने आंकलन पनि गर्न थालिएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar