• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०८२ जेष्ठ ११, आईतबार
ट्रेन्डीङ्ग
subhayug subhayug.com नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug tv
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नैतिकताको आधारमा राजीनामा दिन गृहमन्त्रीलाई शेखर कोइरालाको सुझाव

२० घण्टा अघि
२

किम्फ चलचित्र महोत्सव जेठमा

२० घण्टा अघि
३

अब व्यवसाय दर्ता गर्दा शुल्क नलाग्ने

२० घण्टा अघि
४

नेपाल बैंकका गार्डको बन्दुकसहितका सामाग्री चोरी

१ दिन अघि
५

सडकमा मकै सुकाउन सर्वदलीय सहमतिसहित अनुमति

१ दिन अघि
६

ट्रम्प प्रशासनद्वारा हार्वर्डको विदेशी विद्यार्थी भर्ना अधिकार रद्द

१ दिन अघि
७

शवदाहगृह निर्माणका लागि सिटिजन्स बैंकद्वारा सहयोग

१ दिन अघि
८

भिजिट भिसा प्रकरणमा संलग्न ९ कर्मचारीको सरुवा

१ दिन अघि
९

‘द कपिल शर्मा शो’ का चर्चित फोटोग्राफर दास दादाको निधन

१ दिन अघि
१०

पूर्वाधार निर्माणमा माओवादीको उच्च प्राथमिकता छ : प्रचण्ड

१ दिन अघि
११

परराष्ट्रमन्त्री आरजु राणा र जाइकाका अध्यक्षबीच भेटवार्ता

१ दिन अघि
१२

देउवाको भनाइ भनी फैलाइएका भ्रामक समाचारप्रति काँग्रेसको खण्डन

१ दिन अघि

महिनाभर प्रचलित रहेका

  • rajendra pande samsad १

    सरकारले आन्दोलनरत शिक्षकसंग सार्थक वार्ता गरोस् : राजेन्द्र पाण्डे

    ३ हफ्ता अघि
  • Prakash Jwala news २

    राप्ती राजमार्गको स्तरोन्नती गर्न सांसद ज्वालाको माग

    ३ हफ्ता अघि
  • teacher andolan with cpnus ३

    आन्दोलनमा ऐक्यबद्धता जनाएकोमा एकीकृत समाजवादीलाइ शिक्षक महासंघले दियो धन्यवाद

    ३ हफ्ता अघि
  • rajendra sir photo ४

    आपसी असमझदारीले सङ्गठनलाई सफल हुन दिँदैन : राजेन्द्र पाण्डे

    १ हफ्ता अघि
  • deuba and janardan ५

    शेरबहादुर देउवा र जनार्दन शर्मा बीच भेटवार्ता : के-के भयो कुराकानी ? 

    १ हफ्ता अघि
  • oli with us ldr ६

    एकीकृत समाजवादीले प्रधानमन्त्री ओलीलाई बुझाएको मागपत्रमा के छ ?

    ३ हफ्ता अघि
  • gagan dai ७

    गगन थापा सत्ता गठबन्धनको बैठकमा अनुपस्थित

    ३ हफ्ता अघि
  • hariharpur gadhi ८

    आगलागी पीडित परिवारलाई राहत सामग्री वितरण

    १ हफ्ता अघि
  • cpn us sachiwalaya baithak ९

    एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

    ३ हफ्ता अघि
  • anema sangh १०

    एकीकृत समाजवादी निकट अनेमसंघको सातौँ राष्ट्रिय सम्मेलन भोलिदेखि

    १ हफ्ता अघि
  • prev
    next

    काँग्रेस र माओवादीले कुल आचार्यलाई समर्थन गर्ने, ‘सर्कुलर’ पछि एनआरएनएमा हलचल

    प्रकाशित मिति: २०७८ आश्विन १६, शनिबार (३ साल अघि)
  • ५४८ पाठक संख्या
  • pjimage

    काठमाडौं(जस)–गैरआवासीय नेपाली संघ (एनआरएनए)को आगामी अक्टोबर २० मा हुने निर्वाचन रोचक बनेको छ । चुनाव नजिकिँदै जाँदा अध्यक्षका प्रत्यासी कुल आचार्यको पक्षमा काँग्रेस र माओवादीले खुलेरै परिपत्र जारी गरेपछि अन्य उम्मेदवारमा भूकम्प गएको छ । आचार्यको पक्षमा लाग्न काँग्रेस र माओवादी पार्टीले विश्वभरका आफू निकट गैरआवासीय नेपालीलाई आन्तरिक सर्कुलर नै जारी गरेपछि एनआरएनए चुनावको माहोल तातेको छ भने आचार्यको जित सुनिश्चित देखिएको छ ।

    एनआरएनएमा आचार्यसँगै बद्री केसी र रविना थापा चुनावी मैदानमा देखिएका छन । आचार्यको समुहको केसीसँग प्रतिस्पर्धा हुने देखिए पनि आचार्य धेरै बलियो अवस्थामा रहेका छन् । नेपालमा भएको सत्ता गठबन्धनअनुसार नै एनआरएनएमा पनि गठबन्धन गर्नुपर्ने नीतिका साथ काँग्रेस र माओवादी एक ठाउँमा उभिँदै आन्तरिक सर्कुलर गरेर चुनाव आफू अनुकुल बनाउने योजनामा देखिएका छन ।

    यो भन्दा पहिले नेपाली काँग्रेस केन्द्रीय कार्यालयले असोज १५ गते नै विदेशस्थित सबै जनसम्पर्क समितिका अध्यक्ष तथा संयोजकलाई आन्तरिक सर्कुलर पठाएर लोकतन्त्रवादी समूहलाई विजयी गराउन परिपत्र जारी गरेको थियो ।

    लोकतन्त्रवादी समूहलाई विजयी गराउन तथा आवश्यक समन्वय गर्नका लागि काँग्रेसका तर्फबाट गठित पूर्णबहादुर खड्का नेतृत्वको समितिको बैठकको निर्णयअनुसार सर्कुलर गरिएको छ । सो सर्कुलरमा आचार्य नेतृत्वको प्यानललाई जिताउन आ–आफ्नो देशभित्र रहेका साथीहरुसँग आवश्यक समन्वय र सहयोग गर्नका लागि अपिल समेत गरिएको छ । साथै युरोप, एसिया, अमेरिका, अफ्रिका, मध्यपूर्व र ओशिनिया क्षेत्रका देशहरुमा पार्टीका तर्फबाट आवश्यक समन्वय गर्नका लागि केन्द्रीय नेताहरुलाई जिम्मेवारी दिईएको छ ।

    युरोप क्षेत्रका लागि प्रकाशशरण महत र गगन थापा, एशिया क्षेत्रका लागि अर्जुन नरसिंह केसी र अर्जुन जोशी, अमेरिका क्षेत्रका लागि मिनेन्द्र रिजाल, अफ्रिका, मध्यपूर्व क्षेत्रका लागि गोविन्द भट्टराई र विश्वप्रकाश शर्मा, ओसेनिया क्षेत्रका लागि सुरेन्द्रराज पाण्डेलाई जिम्मेवारी प्रदान गरिएको छ ।

    यस्तै नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकको निर्णयले पनि नेपालकै सरकारमा जसरी गठबन्धन बनाएर एनआरएनएमा कुल आचार्य समूहलाई जिताउन प्रवासका कमिटीहरूलाई आन्तरिक सर्कुलर गरेको छ ।

    नेकपा माओवादी केन्द्रको असोज ६ गते बसेको स्थायी कमिटीको बैठकको निर्णय अनुसार माओवादीको प्रवास समन्वय कमिटीलाई सो आन्तरिक सर्कुलर जारी गरेको थियो । सोहीअनुसार विदेशमा रहेका माओवादी निकट नेपाली जनप्रगतिशील मन्चहरुले उम्मेदवार तय गर्नेदेखि आचार्यको पक्षमा माहोल बनाउनेसम्मका अभियान गरिरहेका छन । माओवादी अध्यक्ष प्रचण्डले असोज ७ गते प्रवास सम्पर्क समन्वय समितिका इन्चार्ज नारायणकाजी श्रेष्ठलाई यसबारे आवश्यक निर्देशन समेत दिएका थिए ।

    प्रचण्डले ‘एनआरएनएको सम्मेलनलाई विधिसम्मत र उद्देश्यमूलक ढंगले सफल पार्न प्रवास समन्वय समिति र त्यसमार्फत संगठनहरुले सकारात्मक भूमिका खेल्न निर्देशन दिएका छन । यसको नेतृत्व निर्माणको सन्दर्भमा वर्तमान सरकारमा रहेका राजनैतिक दलहरूको गठबन्धनसँगको एकता र सहकार्यको नीति लिइएको जनाईएको छ ।

    पार्टी केन्द्रसँगको समन्वयमा यसबारेमा ठोस निर्णय लिने जिम्मेवारी प्रवास समन्वय समितिलाई दिइएको पार्टी स्रोतले बतायो । माओवादीले संघको भूमिका एवं महत्वलाई दृष्टिगत गरी सदस्य बन्न योग्यता पुगेका संगठनका सदस्यहरुलाई एनआरएनएको सदस्य लिन पनि अनुरोध गरेको छ । एनआरएनएमा आधिकारिक रुपमा दलीय प्यानल बनाएर चुनाव लड्न नपाइने व्यवस्था भएपनि राजनीतिक प्रभाव भने हरेक निर्बाचनमा हावी हुने गरेको छ ।

    काँग्रेस र माओवादी केन्द्रले लोक बाम गठबन्धनलाई जिताउन आधिकारिक रुपमै पहल थालेपछि एनआरएनएमा हलचल मच्चिएको छ । अहिले बद्री केसी समूहमा हलचल भएको छ । केसी समूहमा माओवादी निकट केही उम्मेदवार अझैपनि लागिरहेको अवस्थामा अब के गर्ने भन्नेबारे आन्तरिक छलफल सुरु भएको केसी निकट स्रोतले बतायो । केसी एमाले ओली निकटका उम्मेदवार हुन । काँग्रेस र माओवादी एकातिर हुँदा एमाले निकटका केसी निर्बाचनमा जाने कि नजाने दोधारमा छन ।

    यो भन्दा पहिले केसी समूहले चुनाव आफ्नो पक्षमा पार्नका लागि काँग्रेस र माओवादी निकटका केही अभियन्तालाई आफ्नो पक्षमा तान्ने प्रयास मात्रै होईन काँग्रेस र माओवादीलाई आफनो समुहलाई समर्थन गराउनको लागि ठूलो मेहनत गरेको थियो । तर केसी समुह यसमा असफल भएको थियो ।

    Share this:

    प्रतिक्रिया दिनुहोस
    प्रवास सम्बन्धि थप
  • दोहामा प्रवासी नेपालिहरुको भव्य भेला सम्पन्न : ४१ सदस्यीय राष्ट्रिय कमिटि चयन

  • एनआरएनएको कोषलाई सवल र समुन्नत बनाउन सहकोषाध्यक्षमा उम्मेदवारी दिएको छु : अभिमन्यु बस्नेत

  • सुडानको शान्ति मिसनमा रहेका सबै नेपाली सुरक्षा अधिकारीहरु सुरक्षित

  • सुडानमा रहेका नेपाली सुरक्षा अधिकारी सुरक्षित


  • समाचार
  • १

    नैतिकताको आधारमा राजीनामा दिन गृहमन्त्रीलाई शेखर कोइरालाको सुझाव
    २० घण्टा अघि

  • २

    किम्फ चलचित्र महोत्सव जेठमा
    २० घण्टा अघि

  • ३

    अब व्यवसाय दर्ता गर्दा शुल्क नलाग्ने
    २० घण्टा अघि

  • ४

    नेपाल बैंकका गार्डको बन्दुकसहितका सामाग्री चोरी
    १ दिन अघि

  • ५

    सडकमा मकै सुकाउन सर्वदलीय सहमतिसहित अनुमति
    १ दिन अघि

  • ६

    ट्रम्प प्रशासनद्वारा हार्वर्डको विदेशी विद्यार्थी भर्ना अधिकार रद्द
    १ दिन अघि

  • ७

    शवदाहगृह निर्माणका लागि सिटिजन्स बैंकद्वारा सहयोग
    १ दिन अघि

  • ८

    भिजिट भिसा प्रकरणमा संलग्न ९ कर्मचारीको सरुवा
    १ दिन अघि

  • ९

    ‘द कपिल शर्मा शो’ का चर्चित फोटोग्राफर दास दादाको निधन
    १ दिन अघि

  • १०

    पूर्वाधार निर्माणमा माओवादीको उच्च प्राथमिकता छ : प्रचण्ड
    १ दिन अघि

  • सुभयुग प्रभाव सबै
    harihar sibir
    ६ दिन अघि

    सिन्धुलीको हरिहरपुरगढीमा एकीकृत घुम्ती शिविर सुरु

    सामाजिक सञ्जालबाट
    १

    ट्रम्प प्रशासनद्वारा हार्वर्डको विदेशी विद्यार्थी भर्ना अधिकार रद्द

    subhayug
    २

    ‘द कपिल शर्मा शो’ का चर्चित फोटोग्राफर दास दादाको निधन

    subhayug
    ३

    अमेरिकी कलाकार जर्ज वेन्ड्टको निधन

    subhayug
    ४

    दक्षिण अफ्रिकालाई ट्रम्पको चेतावनीपूर्ण आरोप

    subhayug
    Shubhayug Logo

    सुभयुग मिडिया प्रा.लि.

    सिद्धलेक ४, आरुवासटार, धादिङ

    subhayugnews@gmail.com

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Director/Owner :
    Bishwash Aryal 9851220820

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Editor :
    Kushma Regmi 9849854534

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution