१५ असोज,काठमाण्डौ – आजदेखि नेकपा एमालेको विधान महाधिवेशन सुरू हुँदै छ ।
अध्यक्ष केपी शर्मा ओलीले आज मध्यान्ह १२ बजे ललितपुरको गोदावरीस्थित सनसाइज सभाहलमा विधान महाधिवेशनको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । एमालेले प्रथम विधान महाधिवेशन गर्न लागेको हो । असोज १७ गतेसम्म विधान महाधिवेशन चल्ने एमालेले जनाएको छ ।
महाधिवेशनमा देशैभरबाट गरी करिब पाँच हजार प्रतिनिधिहरू सहभागी हुने एमालेले जनाएको छ । विधान महाधिवेशनमा राजनीतिक प्रतिवेदन, विधान संशोधन प्रस्ताव, संगठनात्मक प्रतिवेदनलगायतमा छलफल हुनेछ ।
हालै बसेको केन्द्रीय कमिटी बैठकले यी तीनवटा प्रतिवेदन विधान महाधिवेशनमा पेश गर्ने गरी पारित गरेको थियो ।
यी हुन् विधान महाधिवेशनमा सहभागी हुनेहरु
१. केन्द्रीय कमिटीका पदाधिकारी तथा सदस्यहरु : १९६
२. केन्द्रीय आयोग तथा परिषद् : २१३
३. केन्द्रीय विभाग : ३१०
४. जनसंगठन : २२०
५. प्रदेश कमिटी : २२७१
६. उपत्यका विशेष कमिटी :१९८
७. सम्पर्क समन्वय कमिटी : ३६०
८. जिल्ला कमिटीका पदाधिकारी : ३६४
९. निर्वाचन क्षेत्रबाट : ४०७
१०. प्रवास क्षेत्र : १२६
११. स्थानीय, प्रदेश र संघका निर्वाचित जनप्रतिनिधिहरु : ९३४
१२. एकता प्रक्रियाबाट समायोजन : ५३२
केन्द्रीय कमिटीबाट मनोनयन : ५६६
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar