१४ असोज,काठमाण्डौ – हिमालयन बैंकको अध्यक्षमा प्रचण्डबहादुर श्रेष्ठ निर्वाचित भएका छन् ।
बैंकको सञ्चालक समितिले प्रचण्डलाई निर्वाचित गरेको हो । यसअघि अध्यक्षमा तुलसीप्रसाद गौतम थिए । गौतम अध्यक्ष रहेको कार्यकालयमा नेपाल इन्भेष्टमेन्ट बैंकसँग एकआपसमा गाभिने सम्झौता भएको थियो ।
मर्जरपछि बन्ने नयाँ बैंकको अध्यक्ष पृथ्वीबहादुर पाँडे र प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक राणा रहनेछन् । मर्जरपछि बन्ने बैंकको कुल चुक्ता पुँजी २६ अर्ब ९४ करोड १७ लाख ३० हजार रुपैयाँ पुग्नेछ । यस्तै, निक्षेप ३ खर्ब ११ अर्ब रुपैयाँ, कर्जा २ खर्ब ८७ अर्ब रुपैयाँ र सञ्चित कोषमा १९ अर्ब ७४ करोड रुपैयाँ पुग्नेछ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar