१४ असोज,काठमाण्डौ – हिमालय एअरलाइन्सले शिक्षातर्फको प्रयास नेपाललाई बर्षभरि आवश्यक पर्ने शैक्षिक सामाग्रीहरु प्रदान गरेको छ ।
हिमालयले निरन्तर पाँचौ बर्षकालागि ती सामाग्रीहरु प्रदान गरेको हो । आजै सम्पन्न संक्षिप्त अन्तरक्र्रियात्मक कार्यक्रमकाबीच हिमालयका पदाधिकारीहरुले संस्थालाई आवश्यक पर्ने स्टेशनरी, नोट–बुक्स्, रजिष्टर, कलम र विभिन्न कक्षाका विद्यार्थीहरुका लागि शैक्षिक पाठ्य पुस्तकहरु प्रदान गरेका हुन् । एअरलाइन्स्ले कोभिड–१९ विरुद्ध आवश्यक जनचेतना अभिवृद्धि गर्न र त्यसरोग विरुद्ध सुरक्षा मापदण्ड अपनाउन आवश्यक पर्ने विविध शिक्षामूलक पोष्टरहरु समेत प्रदर्शनार्थ प्रदान गरेको छ ।
प्रयास नेपाल, ३ जना फरक क्षमता भएका विद्यार्थीहरुका साथ २६ जना बालबालिकाहरु रहेको एक अनाथालय हो । विगत केहि बर्षदेखि ती विद्यार्थीहरुले शैक्षिक गतिविधिका साथ नृत्य, खेलकुदलगायतका क्षेत्रमा समेत उत्कृष्टता हासिल गर्दै आएका छन् । भ्रमणका क्रममा हिमालयका पदाधिकारीहरुले विद्यार्थीहरुसँग अन्तर्कि्रया गर्दै उनीहरुलाई कोभिड–१९ विरुद्ध लड्ने र बच्ने उपायहरु बारे प्रशिक्षण समेत दिएका थिए ।
बार्षिक प्रतिबद्धत्ताको निरन्तरताकायम रहने व्यहोरा दोहो¥याउँदै हिमालय एअरलाइन्स्का ब्राण्ड तथा सेवा सुधार विभागकी प्रमुख उज्ज्वला दलीले प्रयास नेपालका विद्यार्थीहरुको उज्ज्वल भबिष्य, शिक्षा दीक्षार प्रयास नेपालसँगको सहकार्यलाई जीवन्त राख्नका निमित्तआफ्नो संस्थागत सामाजिकउत्तरदायित्व तर्पm हिमालयसदा दृढ रहने बताए । प्रत्येक विद्यार्थीलाई शिक्षामा पहुँच, समता र सामाजिक सद्भावकायम राख्दै तिनमा रहेको प्रचुर सम्भाब्यतालाई उजागर गर्दै तिनको सपना र संकल्प साकार पार्नु नै यस्ता कार्यक्रमको प्रमुख उद्धेश्य रहेको समेत दलीले बताइन । कोभिड महामारी जोखिमको अवस्थामा सुधार आएसँगै सरकारले विद्यालयहरु पुन : खोल्ने भएकोले विद्यार्थीहरु भौतिकरुपमै विद्यालयमा उपस्थित भई पठन पाठनमा सहभागी हुन उत्साहित छन् ।
नेपालीहरुको माहान् चाड वडा दशैँको पूर्व सन्ध्यामा हिमालय एअरलाइन्स्ले प्रयास नेपालका वालवालिकाहरुको मुहारमा खुशीयाली ल्याउन कार्यक्रम गरेको हो । प्रयास नेपालकातर्फबाट आभार प्रकट गर्दै प्रयास नेपालकी अध्यक्ष मणी जोशीले हिमालय एअरलाइन्स् आफ्नो संस्थाको पारिवारीक सदस्यझैं भएको बताउँदै हिमालयले सन् २०१७ देखि पुर्याउँदै आएको निरन्तर सहयोगप्रति आफू सदा अनुगृहित रहेको बताए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar