१३ असोज,काठमाण्डौ – दार्चुला तुईन प्रकरणपछि भारतिय उच्च अधिकारीले पहिलोपटक औपचारिक रुपमा नेपाल भ्रमण गरेका छन् ।
दार्चुला तुईन प्रकरणपछि हिजो मंगलबार भारतीय विदेश मन्त्रालयका नेपाल र भुटान मामिला हेर्ने अनुराग श्रीवास्तव काठमाण्डौ आएका हुन् । भारतको लगानीमा नेपालमा सञ्चालित परियोजनाको अनुगमन बैठकमा सहभागी हुन उनी नेपाल आएको जनाइएको छ ।
उता अमेरिकाको न्यूयोर्कमा परराष्ट्र मन्त्री डा. नारायण खड्का र उनका भारतीय समकक्षी एस जयशंकरबीच वार्ता भएको दुई दिनपछि उच्च भारतीय अधिकारीले काठमाण्डौको भ्रमण गरेका हुन् । श्रीवास्तावले काठमाण्डौमा रहँदा अर्थसचिव मधुकुमार मरासिनी, वाणिज्य सचिव दिनेश भट्टराई, कार्यवाहक परराष्ट्र सचिव प्रकाश सुवेदी लगायतलाई भेट्ने छन् ।
दार्चुलाका जयसिंह धामी प्रकरणपछि कुनै भारतीय उच्च अधिकारीको यो पहिलो भ्रमण हो । तुइनबाट महाकाली नदी पार गरिरहेका बेला भारतीय सुरक्षाकर्मीले तुइन काट्दा उनी महाकाली नदीमा बेपत्ता भएका थिए । उक्त विषयमा नेपालले भारतलाई कूटनीतिक नोटसमेत पठाइसकेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar